बुटवल जेसीजको तालिम सप्ताह सकियो, अन्तिम दिन भाषण कला तालिम सञ्चालन

2019-06-01

बुटवल जेसीजको तालिम सप्ताहको आज समापन भएको छ । बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेको अध्यक्षता, नेपाल जेसीजका प’र्व राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बुटवल वडा नम्वर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, वडा नम्बर ८ का अध्यक्ष भिम बहाद’र श्रेष्ठ, बोर्ड अफ ट्रष्टिजका अध्यक्ष विन्ध्या केशर जोशी, बुटवल जेसीजका पुर्व अध्यक्ष गोपाल प्रसाद पाण्डे, गणेशचन्द्र पोख्रल, निवर्तमान अध्यक्षा यम प्रसाद तिवारी लगाएतको उपस्थिती थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जगत बहादुर पोखरेलले तालिम सप्ताहले समुदायमा जेसीज अभियानलाई प्रभावकारी रुपमा पुराएको बताउनु भयो . जेसीजले युवाहरुको नेतृत्व र ब्यक्तित्व विकास गर्ने बताउँदै ति युवाहरु अब उत्पादनको क्षेत्रमा लाग्नु पर्ने धारणा राख्नु भयो । 

बुटवल उपमहानगरका वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले जेसीजले प्रदान गर्ने तालिम प्रभावकारी हुने बताउँदै आगामी दिनमा सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रमका अध्यक्ष नरदेव न्यौपानले ब’टवल उपमहानगरका विभिन्न वडाहरुसंग सहकार्य गरि सप्ताह सञ्चालन भएको बताउनु भयो । औपचारिक विश्व विद्यालयमा पढ्न नपाएका कुराहरु जेसीजका तालिमले सिकाउने हुदाँ टोल टोलबाट सहभागिहरुलाई तालिममा समावेश गरेको बताउनु भयो ।

 तालिमको माध्यमबाट सभ्य समाज निमार्णमा ब’टवल जेसीज लागि परेको न्यौपानेको भनाई छ । सप्ताहको अन्तिम दिन बुटवल ११ संग सहकार्य गरि प्रभावकारी भाषण कला तालिम सञ्चालन भएको हो । तालिमको पहिलो शत्रमा बुटवल जेसीजका पुर्व अध्यक्ष लालहरि पाण्डेले जेसीज अभियानको बारेमा बताउँदै तालिम सप्ताहको सञ्चालन रचनात्मक कार्य भएको बताउनु भयो  कार्यक्रममा कार्यक्रम संयोजक अमर खत्री,महेश पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो । तालिम सप्ताहका निर्देशक रमेश अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन महासिचव राजिव गौतमले गर्नु भएको थियो  ।

JCI News Archive