अर्जुनधारा जेसीजको आयोजनामा नेत्तृत्व विकास तालीम

2019-06-02

१७ जेठ, शनिश्चरे । अर्जुनधारा जेसिजको आयोजनामा एक दिने नेत्तृत्व विकास तालीम सम्पन्न गरिएको छ । शुक्रवार शनिश्चरे बजारको सामुदायिक हलमा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपध्यक्ष जेसी आई सिनेटर रविन पोख्रेलले सहजकिरण गरेका थिए ।

अर्जुनधारा परिसरका राजनैतिक दलका कार्यकर्ता, समाजसेवि, व्यवसायी, विद्यालयका शिक्षक शिक्षिका, कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी, अर्जुनधारा जेसीजका पदाधिकारी तथा छिमेकी साखाका पदाधिकारी लगायत ८८ जनाको उक्त तालिम कार्यक्रममा सहभागीता रहेको थीयो ।

उक्त तालीम कार्यक्रमको अध्यक्षता अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमले गरेका थीए । तालीमको उद्घाटन कार्यक्रममा स्थानिय नेता सरस्वति सिटौला, शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यक चेतामणी खनाल, विर्ता जेसीजका अध्यक्ष जेसी विसाल थापा, अर्जुनधारा जेसीज वर्ष १६ का अध्यक्ष जेसी शार्दुल हाङ ओली, प्रमुख अतिथी जेसी आई सिनेटर रविन पोख्रेलले शुभकामन मन्तव्य राखेका थीए ।

अर्जुनधारा जेसीजका महासचिव भास्कर भट्टराईले संचालन गरेको कार्यक्रममा महिला जेसी संयोजक जेसी सुस्मा तिखत्रिले स्वगत गरीन् र कार्यकारी उपाध्यक्ष जेसी जिवन खनालले जेसीज आस्था वाचन गरेका थिए ।

JCI News Archive