दाङ महिला जेसीज को लागूऔषध दुर्ब्यसन बिरुद्द सचेतना कार्यक्रम सम्पन्न

2019-06-03

   आज मिति २०७६-२-१९ गते आइतबार दाङ महिला जेसीज को आयोजनामा जेसी रेखा शर्मा को अध्यक्षता मा बाल बिकास मा. बी का सहायक प्रधान्ध्यापक राधा केसी ज्यु को प्रमुख् आतिथ्यता मा साथै जेसी नारायणी भण्डारी को संयोजकत्व मा  बाल बिकास मा. बी का कक्षा ९ र १० का विद्यार्थी भाई बहिनी हरु को सहभागिता रहेको थियो। लागूऔषध बिषय का प्रशिक्षक एबम् नारकोन नेपाल प्रदेश नं.५ का संयोजक श्री बसन्त पुन ज्यु ले प्रशिक्षण दिनु भएको थियो। उहाँ ले लागूऔषध का असर, प्रकार बारे जानकारी गराउनु भएको थियो। जेेसी सुुजन पौडेल ले आस्था पाठ को अगुवाई गर्नु भएको थियो।       दाङ महिला जेसीज को पूर्ब अध्यक्ष जेसी शुसिला पौडेल ज्यु ले आफ्नो मन्तब्य ब्यक्त गर्नु भएको थियो।उक्त कार्यक्रम मा १०० जना को उपस्थिति रहेको थियो। कार्यक्रम को सहजीकरण महासचिव जेेेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI News Archive