दाङ महिला जेसीज ले १५दिने गुडिया तालीम को उद्घाटन सम्पन्न

2019-06-16

आज मिति २०७६-२-३२ गते सनिबार दाङ महिला जेसीज को आयोजना मा १५दिन को गुडिया बनाउने तालीम को उद्घाटन सचिवालय मा भएको छ। दाङ महिला जेसीज को अध्यक्ष जेसी रेखा शर्मा को अध्यक्षतामा एबम् घोराही उपमहानगरपालिका वडा न:१५ का अध्यक्ष रमेश कुमार पान्डे ज्यु को प्रमुख् आतिथ्यता मा साथै जेसी बसन्ता भण्डारी को संयोजकत्व मा उक्त कार्यक्रम सम्पन्न भयो। जेसी जून कुमारी बुढा ले आस्थापाठ को अगुवाई गर्नु भएको थियो भने जेसी ममता बीस्ट ले धन्यवाद मन्तब्य दिनु भएको थियो।पूर्ब अध्यक्ष जेसी शुसिला पौडेल , वडा सदस्य दुर्गा नेपाली , बिशिस्ट अतिथि चित्र बहादुर डांगी र प्रमुख अतिथि ज्यु ले मन्तब्य ब्यक्त गर्नु भएको थियो।प्रशिक्षक यमी घर्ती ले तालीम को बारेमा जानकारी गराउनु भएको थियो।
         दलित, बिपन्न परिवार का महिलाहरु को सिप बिकास को लागि सञ्चालन गरिएको उक्त तालीम मा १० जना दलित र बिपन्न परिवार का महिला हरुको सहभागिता रहेको थियो। आज बाट सुरु भएको तालीम २०७६-३-१४ गते १५ दिन को दिन मा समापन हुनेछ। कार्यक्रम को सहजिकरण जेसी अनीता ढकाल ले गर्नु भएको थियो।

JCI News Archive