जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल द्वारा संयुक्त आयोजनामा उद्घोषण कला तालिम

2019-06-20

येही जेठ ३२ गते शनिबारको दिन जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपाल द्वारा संयुक्त रुपमा तालिम कार्यक्रमको आयोजना गरेको थियो । जेसी आई सिद्धार्थ , नेपाल वर्ष २०१९ का अध्यक्ष जेसी राकेश गुरुङको अध्यक्षतामा जेसी आई सिद्धार्थ लेडी, नेपाल वर्ष २००२ का अध्यक्ष जेसी अन्जु जैशी ज्यू को प्रमुख आतिथ्यतामा नेपाल जेसीज वर्ष २००६ का राष्ट्रीय कार्यकारिणी उपाध्यक्ष जेसी गोपाल प्रसाद अधिकारीज्यू को प्रमुख प्रशिक्षकमा उद्घोषण कला तालिम सिद्धार्थनगर स्तिथ होटल पौवामा जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु, यस संस्थाका निबर्तमान अध्यक्ष नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु को आतिथ्यतामा यस संस्थाका पूर्व अध्यक्षज्यु हरु, जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, यस संस्थाका बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथि रहेको कार्यक्रममा तालिम संयोजक जेसी कमल जी सी र जेसी प्रकृति उप्रेतीज्यू को संयोजकत्वमा जेसी प्रकृति उप्रेतीज्यु को स्वागत, जेसीआई सिद्धार्थ लेडी, नेपालका उपाध्यक्ष जेसी अनुपा पाण्डेय ज्यु को आस्था पाठ, कोषाध्यक्ष जेसी ऋषिराम पाण्डेयज्यु को संचालनमा कार्यक्रम सम्पन्न गरियो ! ! !


JCI News Archive