दाङ महिला जेसीजको आयोजना मा १५ दिने निःशुल्क गुडिया बनाउने तालीम को समापन

2019-06-30

   दाङ महिला जेसीज द्वारा आयोजित १५दिने निशुल्क गुडिया तालीम सम्पन्न भयो। दलित तथा बिपन्न परिवार का महिला हरु लाई उक्त तालीम दिइएको थियो।
   जेसी रेखा शर्मा को अध्यक्षता मा एबम् घोराही उपमहानगरपालिका वडा १५ सदस्य एबम् कार्यबाहक अध्यक्ष कृष्णा राणा ज्यु को प्रमुख् आतिथ्यता मा उक्त कार्यक्रम सम्पन्न भयो। जेसी बसन्ता भण्डारी को स्वागत मन्तब्य बाट सुरु भएको उक्त कार्यक्रम मा जेसी सूजन पौडेल ले आस्था पाठ को अगुवाई गर्नु भएको थियो।उक्त कार्यक्रम मा ३५ जनाको उपस्थित रहेको थियो।कार्यक्रम मा प्रमुख् अतिथि लगायत, पूर्ब अध्यक्ष जेसी सुसीला पौडेल, निबर्तमान अध्यक्ष जेसी डोमा पाण्डे, प्रशिक्षक यमी घर्ती ,अतिथि घोराही उपमहानगरपालिका वडा १५ का महिला सदस्य दुर्गा नेपाली ज्यु र प्रशिक्षार्थी हरु मा उषा सुबेदी, सरिता नेपाली ले आ-आफ्नो मंतब्य ब्यक्त गर्नु भएको थियो। धन्यवाद मंतब्य दाङ महिला जेसीज का कार्यकारिणी उपाध्यक्ष जेसी ममता बीस्ट ज्यु ले ब्यक्त गर्नु भएको थियो। कार्यक्रम मा आउनु हुने अतिथिज्यु हरु लाई गुडिया नै मायाको चिनो दिएको थियो।

JCI News Archive