हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे।आज जेसीज सप्ताह- २०१९ को तेस्रो दिनको कार्यक्रम "वृक्षारोपण कार्यक्रम" सिद्धार्थनगर-३ स्तिथ संस्कृत विधाश्रममा सम्पन्न भएको थियो ।

2019-08-06

“हरियो वन नेपालको धन” भन्ने मूल मन्त्र लाई अंगीकार गर्दे।आज जेसीज सप्ताह- २०१९ को तेस्रो दिनको कार्यक्रम "वृक्षारोपण कार्यक्रम" सिद्धार्थनगर-३ स्तिथ संस्कृत विधाश्रममा जेसीआई सिद्धार्थ, नेपालका अध्यक्ष सिनेटर राकेश गुरूडंको अध्यक्षता, जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु को सह अध्यक्षतामा जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०१४ को अध्यक्ष जेसी दुर्गा आचार्यज्यू को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस संस्थाका निबर्तमान अध्यक्ष, नेपाल जेसीज वर्ष २०१९ का राष्ट्रीय उपाध्यक्ष सिनेटर कमल भण्डारीज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका निबर्तमान अध्यक्ष जेसी बिन्दु काफ्ले उपाध्यायज्यु ,संस्कृत विधाश्रमका अध्यक्ष श्रीमान् डि आर शर्माज्यु ,जेसीआई सिद्धार्थ लेडी, नेपालका अध्यक्ष जेसी पार्वती पौडेलज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा यस संस्था तथा जेसीआई सिद्धार्थ लेडी, नेपालका पूर्व अध्यक्षज्यु हरु, बोर्डका पदाधिकारीज्यू हरु, साधारण सदस्यज्यूहरु , पर्यवेक्षक सदस्यज्यू हरुको ऊपस्तिथि रहेको थियो ।
यो जेसीज सप्ताह - २०१९ United Nations को Sustainable Development अन्तर्गत रही आजको तेस्रो दिनको कार्यक्रम Climate Action अन्तर्गत वृक्षारोपण कार्यक्रम गरिएको थियो र सो कार्यक्रममा उन्नत जातका बोट बिरुवा जस्तै छतिवन,निम,अमला,स्वामी अलबात्रोस,बेल लगाएको थियो । जेसीआई सिद्धार्थ, नेपाल तथा जेसीआई सिद्धार्थ लेडी, नेपालले वृक्षारोपण मात्र गर्ने होइन कि यसको संरक्षण पनि गर्ने बचन बद्दता कार्यक्रमका अध्यक्षता गर्नु भएको सिनेटर राकेश गुरूडंले भन्नु भयो ।
सो कार्यक्रममा आस्था पाठ जेसीआई सिद्धार्थ लेडी, नेपालका सदस्य जेसी शब्बु थापाज्यु ले गर्नु भएको, कार्यक्रमको स्वागत कार्यक्रम संयोजक जेसी ललिता चौधरीज्यु ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई सिद्धार्थ लेडी, नेपालका सदस्य जेसी प्रतिमा काफ्लेज्यु ले गर्नु भएको थियो ।


JCI News Archive