दाङ महिला जेसिज को तीज मिलन कार्यक्रम

2019-08-25


                  आज मिति २०७६-५-७ गते सनिबार दाङ महिला जेसीज को आयोजना त्रिभुवन नगर जेसीज को हल मा जेसी बसन्ती सुबेदी को संयोजकत्व मा जेसी रेखा शर्मा को अध्यक्षता मा माननीय राष्ट्रीय सभा सदस्य श्री अनिता देवकोटा ज्यु को प्रमुख आतिथ्यता मा सम्पन्न भयो। जेसीज आस्था पाठको अगुवाई जेसी सुनीता अधिकारी ज्यु ले गर्नु भएको थियो।
        कार्यक्रम मा महिला दीदी बहिनिहरु ले एक आपसमा सुभकामना आदानप्रदान गर्नु भएको थियो। प्रमुख अतिथि ज्यु ले बढी तडक भडक रूप मा तीज नामानि सरल तरिकाले रमाइलो गरी मनाउने सल्लाह सुझाब दिनु भएको थियो। कार्यक्रम मा दर खाइ नाचगान गरी सम्पन्न गरियो कार्यक्रम को सहजिकरण महासचिब जेसी अनिता ढकाल ले कि गर्नु भएको थियो
          जेसी अनिता ढकाल
          महासचिब(२०१९)
          दाङ महिला जेसिज


JCI News Archive