प्रदेश प्रदेशमा गाईजात्रा

2019-08-31


मिति २०७६ साल श्रावण महिनाकाे ३२ गते तदनुसार सन् २०१९ अगस्ट १७ तारिख शनिबारका दिन विराटनगर जेसीजकाे आयाेजनामा विरेन्द्र सभागृहमा "प्रदेश प्रदेशमा गाईजात्रा "नामक कार्यक्रम विराटनगर जेसीजका अध्यक्ष जेसी सेवक बजगाई ज्यूकाे सभापतित्वमा सम्पन्न भयाे । साे कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री माननीय शेरधन राई ज्यू रहनुभएकाे थियाे । साे कार्यक्रममा प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री माननीय जीवन घिमिरे ज्यू एवं आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय हिक्मत कार्कि ज्यू सहित अन्य विशिष्ट महानुभावकरुकाे पनि उपस्थिति रहेकाे थियाे । साे कार्यक्रम व्रान्ण वर्थ प्रा लि काे सहकार्यमा भएकाे थियाे । साे गाईजात्रा कार्यक्रममा नेपालका चर्चित हास्यव्यङग्य कलाकार मनाेज गजुरेल , शाैलेन्द्र सिम्खडा , प्याराेडि गायक यमन श्रेष्ठ , सुरेन्द्र केसी , शिवशंकर रिजाल , रवि डंगोल , पूर्ण थापा, काउलि बुडि लगायतका रास्ट्रिय कलाकारहरुले दर्शकहरुलाई हसाएर मनाेरन्जन गराएका थिए। उक्त कार्यक्रमका कार्यक्रम संयाेजक जेसी देवचन्द्र घिमिरे ज्यू रहनुभएकाे थियाे ।


जेसी प्रितेश राज दाहाल
महासचिव २०१९
विराटनगर जेसीज

JCI News Archive