बुटवल जेसीजले मनायो स्थापना दिवस

2019-09-02

बुटवल जेसीजले आफ्नो स्थापना दिवस मनाएको छ । सन १९७४ सेप्टेम्वर १ मा स्थापना भएको बुटवल जेसीजले सचिवालयमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो ।
नयाँ पुस्तालाई इतिहासबारे बताउने र अग्रजहरुलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

 बुटवल जेसीजका अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षता तथा महासचिव जेसी राजिव गौतमको सञ्चालनमा भएको कार्यक्रममा बुटवल जेसीजका पुर्व अध्यक्ष सिनेटर गोपाल प्रसाद पाण्डे, सिनेटर दिनेश श्रेष्ठ, सिनेटर राजेन्द्र घिमिरेले बोल्दै ४५ वर्ष पार गरेको बुटवल जेसीज अविस्मरणिय इतिहास बोकेको संस्था भएको बताउँदै बुटवल जेसीजको स्थापना गर्नु हुने अग्रजहरुलाई सम्मान प्रकट गर्नु भएको थियो । केक काटेर स्थापना दिवसको अवसरमा खुसियाली साटासाट गरिएको थियो । उक्त कार्यक्रममा बुटवल जेसीजका सदस्य जेसी विष्णु पुरीले जेसीज आस्था वाचन गर्नु भएको थियो ।

JCI News Archive