बाल अधिकार एवम् बाल क्लबकाे भूमिका सम्बन्धी अभिमुखिकरण तालिम

2019-09-29

राष्ट्रिय बाल दिवसकाे उपलक्ष्यमा काभ्रे जेसिज काभ्रे महिला जेसिजकाे अायाेजनामा मिति २०७६ भाद्र २७ गते काभ्रे जेसिजका अध्यक्ष जेसी बिजेश मुल्मीकाे सभापतित्व र काभ्रे जेसिजका उपाध्यक्ष जेसी शिवराम घिमिरेको संयोजकत्वमा विभिन्न विद्यालयमा गठित बाल क्लबका अध्यक्ष र सचिवहरुलाई बाल अधिकार तथा बाल क्लबको भूमिका सम्बन्धी अभिमुखिकरण तालिमको आयोजना गरिएको थियो । नेपाल बाल संगठन, काभ्रेका सभापति रामकुमार मुल्मीको प्रमुख प्रशिक्षण तथा काभ्रे जेसिजका पूर्व अध्यक्ष जेसी इन्द्रनारायण भैलको प्रशिक्षणमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । बनेपा, धुलिखेल र पनौती नगरपालिकाका विभिन्न विद्यालयमा गठन भएका बाल क्लबका अध्यक्ष र सचिवलाई बाल अधिकार, बाल क्लबको भूमिका र नेतृत्व विकास सम्बन्धी तालिम दिइएको थियो

JCI News Archive