विद्यालय स्तरीय अतिरीक्त क्रियाकलाप कार्यक्रम

2019-09-30

भदौ २२, अर्जुनधारा । मिति २०७६/०५/२२ गते आईतवार अर्जुनधारा जेसीज र अर्जुनधारा नगर प्याव्सन को संयुक्त आयोजनामा अर्जुनधारा नगर क्षेत्रका २३ निजी विद्यालय समेटी विद्यालय स्तरीय अतिरीक्त क्रियाकलाप कार्यक्रम सम्पन्न भएको थीयो । विद्यालय स्तरीय अतिरीक्त क्रियाकलाप कार्यक्रममा विभिन्न अतिरीक्त त्रियाकलापहरु, बुद्घीचाल प्रतियोगीता, हस्तलेखन प्रतियोगीता, निबन्ध लेखन प्रतियोगीता, चित्रकला प्रतियोगीता, खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन गरीएको थीयो । अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी अर्जुनधारा नगरपालीका प्यव्सनका अध्यक्ष श्री रुद्र सीटौला रहनुभएको थीयो ।

JCI News Archive