जेसीज परीचय तथा सकारात्मक सोच तालीम

2019-10-01

असोज ०५, अर्जुनधारा । मिति २०७६/०६/०५ गते आईतवार विहान ८ बजे अर्जुनधारा जेसीजले जनता माध्यमिक विद्यालय खुदुनावारीमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी लक्षीत गरी जेसीज परीचय तथा सकारात्मक सोच तालीम सम्पन्न गरेको थीयो । तालीम कार्यक्रम अर्जुनधारा जेसीजका तालीम सहजकर्ता जेसी उज्वल खरेलले गर्नुभएको थीयो । उक्त तालीमा कार्यक्रममा जनता माध्यमिक विद्यालय खुदुनावारीका कक्षा ११ र १२ मा अध्ययनरत ७० विद्यार्थीले सहभागीता जनाएका थीए । अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टिकाराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी जनता माध्यमिक विद्यालय खुदुनावारीका प्रधानाध्यापक श्री जयप्रकास भण्डारी रहनुभएको थीयो ।

JCI News Archive