स्तन क्यान्सर सम्बन्धी सचेतना तथा परिक्षण

2019-10-01

 काभ्रे जेसिज काभ्रे महिला जेसिजको समुदायमा जेसिज कार्यक्रम अन्तर्गत मिती २०७६ भाद्र २८ गते तदनुसार सेप्टेम्बर १४ तारिखका दिन नेपाल क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा नेपाल परिवार नियोजन संघको सभा हलमा बनेपाका बिभिन्न संघसंस्थाका महिला सदस्यहरुका लागि स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका बिज्ञहरुले प्रशिक्षण दिनुभएको थियो । काभ्रे महिला जेसिजकी जेसी रुस्का बैधको सन्योजनमा सम्पन्न उक्त कार्यक्रममा ५० भन्दा बढी महिलाहरु लावान्वित भएका थिए ।

JCI News Archive