बृक्षारोपन कार्यक्रम

2019-10-01

काभ्रे जेसिजका सभापति जेसी बिजेश मुल्मीको सभापतित्व तथा काभ्रे जेसिजका उपध्यक्ष जेसी सन्जीप मानन्धरको सन्योजनमा बनेपाको देउराली डाडामा मिती २०७६ असोज ११ गते तदनुसार सेप्टेम्बर २८ तारिखका दिन डिभिजन वन कार्यालयको सहयोगमा १०२ बिरुवाहरु रोप्ने कार्य सम्पन्न भएको छ । देउरली डाडाको खाली पाखामा पैयु, आमाल, बकाइनो, तेजपात, धुप्पी जस्ता बिभिन्न बिरुवाहरु रोपेर सोको रेख देखको जिम्मा स्थानीय देउरली युवा क्लबलाई जिम्मेवारी दिइयो  । कार्यक्रममा काभ्रे जेसिज महिला जेसिज तथा बिभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

JCI News Archive