जे सी ई चारआली स्कुल आईकन २०१९ सम्पन्न ।

2019-10-31

कार्तिक ९ २०७६, चारआली
जे सी ई चारआली स्कुल आईकन २०१९ को उपाधि दिपासना मैनाली तथा सोहन काफ्ले ले हात पारेका छन्। चारआली जेसीजको आयोजना तथा युथ अवेरनेस नेटवर्क संगको सहकार्यमा प्रतियोगिताको प्रथम संस्करणको ताज मैनाली र काफ्लेले पहिरिएका हुन। झापा भरिका बिभिन्न बिद्यालयका करीब ५०० बिद्यार्थी हरु बीच गरिएको अडिसनमा चुनिएका ३७ जना बिद्यार्थीहरुलाई नेतृत्व बिकास, व्यक्तित्व बिकास, भाषणकला, बाककला, नृत्य, अभिनय लगायतका बिषयमा ४० दिनको बन्द प्रशिक्षण पछि कार्तिक ९ गते धुलाबारी स्थित पासांग ल्याहमु स्मृति जेसीज भवनमा फाईनल कार्यक्रम समपन्न भएको हो। छात्रा तर्फकी दिपासना मैनाली एरा एभर ग्रिन अंग्रजी बिद्यालय, बुधबारेमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी हुन भने छात्र तर्फका बिजेता सोहन काफ्ले माउन्ट पोईन्ट अंग्रजी आवासीय मा बि का कक्षा ९ का बिद्यार्थी हुन। प्रतियोगिता को छात्र तर्फबाट फस्ट रनर अप बिसाल बिक तथा सेकेन्ड रनर अप असीम पौडेलले जितेका थिए भने छात्रा तर्फ बाट फस्ट रनर अप प्रजु घिमिरे तथा सेकेन्ड रनर अप प्रिया बस्नेत ले हात पारेका थिए । बिजेताहरुले नगद पुरस्कार तथा गिफ्ट हात पारेका छन। फाईनल कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल २००५ सुगरिका केसी, धुलाबारी जेसीज बर्ष २००२ का अध्यक्ष जेसी केशव पौडेल, बिर्ता जेसीजका अध्यक्ष जेसी बिसाल थापा र मेचीनगर लेडी जेसीज बर्ष २०१६ की अध्यक्ष उसा श्रेष्ठ निर्णायकमा रहनु भएको थियो। औपचारिक कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर बिमल आर्चाय, बिशेष अतिथि मा मेची नगर नगर नगरपालिका वडा नं. १३ का वडा अक्ष्यक्ष कृष्ण सिग्देल, अतिथिहरुमा लायन्स कल्ब अफ धाईजन चारआलीका अध्यक्ष हरि घिमिरे, बिबिसी नेपाली सेवाका संवाददाता उमाकान्त खनाल, मातृशाखा धुलाबारी जेसीजका अध्यक्ष जेसी केशव पोखरेल, बिर्ता लेडी जेसीजकी अध्यक्ष जेसी सरु भूर्तेल खनाल, कमल नगर जेसीजका उपाध्यक्ष जेसी सन्तोष कडरिया, युथ अवेरनेस नेटवर्क का निर्देशक भुवन राउत, समाजसेवी डा. भिम सुब्बा लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन चारआली जेसीज बर्ष २०१९ का महासचिव जेसी सञ्जय निरौलाले गर्नु भएको थियो । कार्यक्रम संयोजक तथा बर्षृ २०१९ का उपाध्यक्ष जेसी सुजुप सुबेदीले स्वागत गर्नु भएको कार्यक्रममा महिला सशत्तीकरण संयोजक जेसी शिक्षा घिमिरेले आस्था पाठ, बर्ष २०१९ का उपाध्यक्ष जेसी मौसम खरेलले जेसीजको मिसन तथा भिजनको जानकारी तथा कोषाध्यक्ष बिर बहादुर बेघाले कार्यक्रमको औचित्यमा माथि प्रकाश पार्नु भएको थियो। चारआली जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल ,बर्ष २०१५ का अध्यक्ष जेसी राजेश गिरी, बर्ष २०१८ का अध्यक्ष जेसी रोहित दाहाल, धुलाबारी जेसीजका अध्यक्ष जेसी केशव पोखरेल, लायन्स कल्ब अफ धाईजन चारआलीका अध्यक्ष हरि घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो भने स्कुल आईकन २०१९को कार्यक्रम निर्देशक जेसी धिरज जंग बस्नेत रहनुभएको थियो।

JCI News Archive