My Evergreen Birthday

2018-11-23


 शाखा अध्यक्ष जे सी आशिष शर्माको परिकल्पनामा गोदावरी जेसिस ले प्रत्येक महिना आफ्ना सदस्यहरुको जन्मदिन पारेर एउटा बिरुवा उपहार दिने योजना को सुरुवात् गरेको छ | पर्यावरण, मेरो भावना , बिरुवा हुर्काउने जिम्मेवारी , दायित्वबोध सहित यो परियोजनाको सुरुवात गरियो | यसको सुरुवात प्रथम कार्यसमिति बैठक मा जनवरी र फेब्रेवरी महिना मा जन्मदिन पर्ने हरुलाई बिरुवा उपलब्ध गराई गरिएको थियो |  यसै कार्यलाई निरन्तरता दिदै मार्च महिना को लागि "मेरो सदाबहार जन्मदिन " चैत ३ गते सनिबार आफ्नै कार्यलय ठैब, गोदावरी नगरपालिका मा आयोजना गर्यो | कार्यक्रममा नेपाल जेसिस का पुर्व रास्ट्रीय उपाध्यक्ष तथा पुर्व कोषाध्यक्ष जे सी आनन्द अधिकारि को प्रमुख आथित्यमा भएको थियो | उक्त बोट बिरुवा भविष्यमा कसरि कुन अवस्थामा छन् भनेर जानकारी राख्ने प्रक्रिया पनि शुरु गरियो | उक्त परियोजनाको सफल कार्यन्वयनका लागि जे सी बिनोद बराल को संयोजकत्वमा ५ सदस्यीय समिति  पनि गठन गरिएको छ | उक्त समिति मा उपसंयोजक जे सी किरण न्येउपाने हुनुहुन्छ भने जेसी चेतना मिश्र , जेसी सचि पौडेल , जेसी प्रकाश अर्याल सदस्य हुनुहुन्छ | यस कार्यक्रम अन्तर्गत हरेक सदस्यको जन्मदिन पारेर एक बिरुवा रोप्ने र उक्त बिरुवालाई स्वाहार गर्ने र हरेक महिना बिरुवाको अवस्था स्वस्थ रहेको अवस्था हुनुपर्ने जिम्मेवारी सहितको उपहार दिने गरिएको छ | यस कार्यलाई बिस्तारै सम्पूर्ण जेसिस अभियान को रुपमा अघि सार्दै देशैभरि फैलाउने योजना छ | बातावरण र प्रकृतिसंग सम्बन्धित यस कार्यकम संयुत राष्ट्र संघ को १७ ओटा Sustainable Development Goals (SDGs) अन्तर्गत climate action पनि एक हो  | यस परियोजनाले सोहि climate action कार्यलाई पनि सघाउ पुर्याउनेछ |


JCI News Archive