चारआली जेसीज बर्ष २०१९ को अक्टोबर महिना सम्म भएका गतिबिधि हरुको जानकारी

2019-11-06

चारआली जेसीज बर्ष २०१९ को अक्टोबर महिना सम्म भएका गतिबिधि हरुको जानकारी

१.पाचौँ पदस्थापना तथा अवार्ड बितरण कार्यक्रम

मिति २०७५ माघ १२ चारआली

चारआली जेसीजको पाँचौ पद हस्तान्तरण कार्यक्रम मिति २०७५ माघ १२ गते शनिवार सुसम्पन्न भएको थियो। बर्ष २०१८ का अध्यक्ष जेसी रोहित दाहालले बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाललाई जेसीज चेन पहिराएर पद हस्तानतरण गर्नुभएको थियो।चरआली जेसीजका अध्यक्ष जेसी रोहित दाहालको अध्यक्षता तथा प्रदेश सभा सांसद गोपाल बुढाथोकाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा आस्था बाचन जेसी लक्ष्मी सिग्देलले गर्नुभएको थियो। कार्यक्रममा सन् २०१८ को उत्कृष्ट जेसीजका रुपमा कार्यकारीणी उपाक्ष्यक्ष वीर बहादुर बेघालाई पुरस्कृत गरिएको थियो। कार्यक्रममा मेनपा १३ का वडा अध्यक्ष कृष्ण सिग्देल ज्यू, अर्जुनधारा नंपा १० का अध्यक्ष बलदेव सिंह गोम्देन, चारआली जेसीजका संस्थापक अध्यक्ष बिष्णु प्रसाद रिमालले शुभकामना मन्तव्य राख्नुभएको थियो। चारआली जेसीज बर्ष २०१९का लागि कार्यकारणी उपाध्यक्षमा जेसी पुस्कर गुरागाईं र जेसी संगीत शिवाकोटी, जेसी कानुनी सल्लाहकारमा जेसी बिकाश निरौला, कोषाध्यक्ष जेसी बिर बहादुर बेघा, महासचिबमा जेसी सञ्जय निरौला उपाध्यक्षमा जेसी मौसम खरेल, जेसी सुजुप सुबेदी, जेसी प्रबिण पौड्याल तथा सन्देश तिम्सिना , सचिबमा जेसी टिकाराम रिजाल, तालिमा निर्देशकमा जेसी भोजराज पराजुली तथा जन सम्पर्क अधिकारी मा चयन हुनु भएको थियो। बर्ष २०१८ का महासचिब जेसी सन्तोष न्यौपाने, बर्ष २०१९ का महासचिब जेसी सञ्जय निरौला तथा जेसी शिक्षा घिमिरेले संयुक्त रुपमा संचालन गर्नुभएको सो कार्यक्रममा बर्ष २०१८ लाई चारआली जेसीजलाई सहयागे गर्ने बिभिन्न संघ संस्थाहरुलाई सम्मानित तथा बर्ष २०१९ का लागि बिभिन्न बिधामा संयोजकहरुको मनोनयन पनि गरिएको थियो ।

२.शहीद हरुको सम्झनामा दीप प्रज्जवलन कार्यक्रम

मिति २०७५ माघ १६

देश निर्माणमा सहीदहरुको योगदानको उच्च कदर गर्दै ज्ञात अज्ञात सहीद हरुको सम्झनामा २०७५ माघ १६ गते मा चारआली चोकमा शहीद दिवसको अवसरमा दीप प्रज्जवलन कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रम संयोजक चारआली जेसीज बर्ष २०१८ उपाध्यक्ष जेसी सुजुप सुवेदीले स्वागत तथा जेसीज आस्था बाचन गर्नुभएको कार्यक्रममा चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको सभापतित्वमा रहेको संक्षीप्त कार्यक्रमको संचालन चारआली जेसीज बर्ष २०१९ महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो।

 

३.चारआली जेसीज भ्यालेनटाईन बेस्ट फोटोग्राफी अवार्ड

मितिः २०७५ साल फाल्गुन गते

स्थानीय व्यक्तित्वहरु बिच आपसी चिनजान तथा परिचय स्थापित गरी जेसीजको गरिमालाई उच्च बनाउने तथा चारआली जेसीजको कोष अभिबृदिगर्ने उद्देश्यले फाल्गुन २ गते तदनुसार Feb 14, 2019 मा चारआली जेसीज भ्यालेनटाईन बेस्ट फोटोग्राफी अवार्ड कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम संयोजक चारआली जेसीज बर्ष २०१९ उपाध्यक्ष जेसी सुजुप सुवेदील स्वागत तथा जेसीज आस्था बाचन गर्नुभएको कार्यक्रममा चारआली जेसीज बर्ष २०१९का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल अध्यक्षता रहेको थियो। फ्रन्डसीप कर्नर फिसिंग रिसोर्ट तथा पार्टी प्यालेस, चारआली मे.न.पा. १३ को हलमा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि 1st Valentine Best Photography Award Winner 2018 , जेसी धिरज जंग बस्नेत तथा सृजना बस्नेत रहनुभएको थियो। फोटो पत्रकार जेसी बिनोद पाण्डे, करियोग्राफर, मोडल तथा Past President of JCI Mechinagar Lady जेसी उसा श्रेष्ठ, Miss College Icon 2018 Jhapa उसा उप्रती तथा Miss Teen Nepal 2017 जेसी मेरी लिम्बु निर्णायक रहेको कार्यक्रमको संचालन चारआली जेसीज बर्ष २०१९ महासचिब जेसी संजय निरौला तथा सुर्योदय टेलिभिजनकी कार्यक्रम संचालिका दिया मरासिनीले संयुक्त रुपमा संचालन गर्नु भएको थियो। सो प्रतियोगितामा २८ जोडीका तस्वीरहरु प्रतिस्पधामा सामेल गरिएको थियो। सो प्रतियोगितामा चारआली जेसीज भ्यालेनटाईन बेस्ट फोटोग्राफी अवार्डको प्रथम पुरस्कार बरिष्ठ संचारकर्मी दिपेन्द पौडेल तथा निकुञ्जा खतिवडाको जोडीले , द्धितिय पुरस्कार मनोज घिमिरे तथा बेबिका घिमिरेको जोडीले र लक्की कपलको पुरस्कार हिमाल चन्द्र घिमिरे तथा सुजता शिवाकोटीको जोडीले प्राप्त गर्न सफल भएको थियो। प्रथम, द्धितिय तथा लक्की कपल पुरस्कारका बिजेताहरुलाई प्रमाण पत्र तथा शिल्ड प्रदान गरिएको थियो। १५० स्थानीय लब्ध प्रतिष्ठित व्यत्तित्व माझ अल्लगै सैलीमा सम्पन्न कार्यक्रमले जेसीजको गरिमालाई अक्षुण राख्न सफल भएको थियो ।

 

४. १०९ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा जनचेतनामुलक र्याली कार्यक्रम

२०७५ फाल्गुन २४ गते, चारआली

चारआली जेसीजको आयोजनामा फाल्गुन २४ गते १०९ औं अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा चारआली क्षेत्र वरिपरी जनचेतनामुलक र्याली कार्यक्रमको आयोजना गरेको थियो। मेचीनगर नगरपालिका कार्यपालिका सदस्य निरु परियार प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता चारआली जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९का Women and Children Program Coordinator जेसी शिक्षा घिमिरेले स्वागत गनुभएको कार्यक्रममा आस्था बाचन जेसी उपाध्यक्ष सुजुप सुवेदीले गर्नुभएको थियो। प्रहरी चौकी चारआलीका प्रमुख भक्त बहादुर बिष्ट बिशिष्ट अतिथि रहेको कार्यक्रममा बिचार चैतारी युवा कल्ब, प्रतिभा युवा कल्ब, सृजना महिला सामुदायिक बचत समुह, लालीगुराँस बचत समुह लगायत स्थानीय संघ संस्थाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । नेपाल अटोमेकानकि ट्रेड युनियन केन्द्रीय सदस्य एवं रोशन ग्यारेजकी संचालिका समेत रहनुभएकी प्रमुख अतिथि निरु परियारले महिलाहरु अझै पनि चुलो र चौकोमै व्यस्त रहकोले महिलाहरुलाई नेतृत्व तहसम्म पुर्याउन सहयोग गर्नुपर्ने बताउनुभएको थियो। चारआली जेसीजका सम्पुर्ण पूर्व अध्यक्षहरुको उपस्थिति रहेको कार्यक्रममा बिचार चौतारी युवा कल्बका अध्यक्ष लक्ष्मी सिग्देलले कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो। महिला हिंसा आजको समाजको कुरुति भएकोले यसलाई जरो बाटै उखेल्न प्रहरी प्रशासन मात्रले सम्भव नहुने भन्दै यसको लागि महिलाहरु स्वयं सशक्त ढंगबाट लाग्नुपर्ने र प्रहरी प्रशासन महिला हिंसा बिरुद्ध डटेर लागि परेको धारणा बिशिष्ट अतिथि एंव चारआली चौकी प्रमुख भक्त बहादुर बिष्टले बताउनुुभएको थियो ।।चारआली जेसीजका महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको कार्यक्रम बिभिन्न जनचेतना मुलक नाराहरु लेखिएका प्लेकार्ड सहित र्रयालीमा परिणत भई चारआली क्षेत्र परिक्रमा गरी समापन गरिएको थियो। र्यालीमा करीब १५० जना सामाजिक अभियन्ताहरुको सहभागिता रहेको थियो।

 

 LOM Officers and Pre- Induction Training कार्यक्रम

२०७५ फाल्गुन २५ गते, चारआली झापा

चारआली जेसीजको आयोजनामा फाल्गुन २५ गते LOM Officers and Pre- Induction Training सम्पन्न भएको छ। नेपाल जेसीजको पुर्व अध्यक्ष जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीको प्रमुख आतिथ्य तथा चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको अध्यक्षतामा भएको तालिममा दमक जेसीजका पुर्व अध्यक्ष जेसी सन्तोष अधिकारीले प्रशिक्षण दिनु भएको थियो। तालिममा प्रमुख अतिथि जेसीआई सिनेटर प्रकाश प्रसाद अधिकारीले जेसीजको ईतिहास प्रकास पार्दै जेसीज अभियानका अनुभवहरु प्रशिक्षार्थी समक्ष बाँडनुभएको थियो। कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९का तालिम निर्देशक जेसी भोजराज पराजुलीले स्वागत गनुभएको कार्यक्रममा आस्था बाचन जेसी सन्देश न्यौपानेले गर्नुभएको थियो। जन सम्पर्क अधिकारी जेसी सन्तोष न्योपानेले संचालन गरेको कार्यक्रममा ५० प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । स्थानयि बिचार चौतारी युवा क्ल्बका सदस्यहरु पनि सम्मिलित भएको सो कार्यक्रम पदाधिकारीहरुको काम, कर्तव्य र अधिकारको बारेका भएकोले आफ्नो संस्थालाई अत्यन्तै फलदाई भएको र सो कार्यक्रमबाट प्रभाबित भएर जेसीज अभियानमा आफुहरु पनि समेल हुन ईच्छुक रहेको जानकारी प्रशिक्षार्थीहरुले समापन कार्यक्रममा बताएका थिए।

 

६.जन्मदिन समुदायमा अन्तरगत परोपकार तथा अनुसन्धान केन्द्र, बिर्तामोडमा फलफुल तथा सहयोग हस्तान्तरण कार्यक्रम

२०७५ चैत्र ०७ गते, चारआली झापा

चारआली जेसीज बर्ष २०१९ को Board of Directors को जन्मदिन समुदायमा कार्यक्रम अन्तरगत बर्ष २०१९का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको ३२औं जन्मोत्सब बिर्तामोड स्थित परोपकार तथा अनुसन्धान केन्द्र द्धारा संचालित बृद्दाश्रममा मिति २०७५÷१२÷०७ गते बृदबृदाहरुलाई फलफुल तथा सहयोग हस्तान्तरण गरी मनाईएको थियो। प्रमुख अतिथि परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम मादेन रहनुभएको कार्यक्रममा सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नु भएको थियो। सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९की Senior Citizen Service Program Coordinator जेसी सुस्मिता श्रेष्ठले सम्पर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। पुर्व अध्यक्ष जेसी धन बहादुर तामांगले अध्यक्षलाई जन्मदिनको शुभकामना तथा सो कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्दै सम्पुर्ण पदाधिकारीले आफ्नो जन्मदिन यसरी मनाउदै जेसीजले समाजमा उदाहरणीय कार्यक्रम गर्नुपर्ने बताउनुभएको थियो। प्रमुख अतिथि तथा परोपकार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बिक्रम मादेनले चारआली जेसीजले बिगतमा पनि सो संस्थालाई एक खटिया बराबरको जग्गा किन्न सहयोग गरेको र समाजका सक्रिय नागरिकको अभिभारा पनि लिईरहेको बताउदै भबिष्यमा पनि उदाहरणीय समाजिक कामको लागि शुभेच्छा प्रकट गर्र्दै जन्मदिनको शुभकामना दिनुभएको थियो। सो अवसरमा २८ जना बृदाहरुले आश्रय लिईरहेको सो केन्द्रमा सम्पुर्ण बृदाहरुलाई एक खाना बराबरको रमक हस्तान्तरण गरिएको थियो। फलफूल तथा खाना बितरण पश्चात सो दिन पावन होली पर्व पनि परकोले बृदा बृदाहरुसंग उल्लासमय होलीको शुभकामना आदन प्रदान गर्दै होली मनाईएको थियो। चारआली जेसीजका महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको कार्यक्रममा जेसीज पदाधिकारी, सदस्यहरु तथा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

 

७. उल्लासमय होली मिलन कार्यक्रम

२०७५ चैत्र ०७ गते, चारआली झापा

महान चाड होलीको अवसरमा चारआली जेसीज बर्ष २०१९ को आयोजनामा चारआली चोकमा उल्लासमय होली मिलन कार्यक्रमको आयोजना गरिएको थियो। बर्ष २०१९का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको अध्यक्षतामा भएको कार्यक्रममा बर्ष २०१९का Get Together Chairman जेसी धम्रेन्द्र खतिबडा ले कार्यक्रममा स्वागत मन्तव्य राख्नु भएको सो संक्षीप्त कार्यक्रम महासचिब संजय न्यौपानेले संचालन गर्नुभएको थियो। जेसीजका सदस्यहरु तथा स्थानीय युवा पंतीको व्यापक उपस्थिति रहेको कार्यक्रममा नाचगान सहित रंगहरु एकआपसमा लगाई शुभकामना आदन प्रदान गरिएको थियो।

 

८.निशुल्क आँखा शिविर कार्यक्रमको बिबरण

२०७५ चैत्र ०९ गते, चारआली झापा

बिश्व दृष्टि बिशेषज्ञ दिवशको अबसरमा चारआली जेसीजको आयोजना तथा एभरेष्ट अप्टिकल सेन्टरको प्राबिधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। दर्जन भन्दा बढी संघ संस्था उपस्थित रहेको उक्त कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने मे.न.पा. १३ का वडा अध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु जेसी राजेश गिरी, जेसी तीर्थ घिमिरे , जेसी धन बहादुर तामांग तथा निबर्तमान अध्यक्ष जेसी रोहित दाहालको उपस्थितिमा भएको कार्यक्रममा तालिम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुलले स्वागत मन्तव्य, उपाध्यक्ष जेसी सुजुप सुवेदीले जेसीज आस्था बाचन गर्नुभएको उक्त कार्यक्रममा पूर्व अध्यक्ष जेसी राजेश गिरीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि मे.न.पा. १३ का वडा अध्यक्षले स्थानीय निकायले भबिष्यमा जेसीज संग सहकार्य गरेर युवा लक्षित कार्यक्रम हरु संचालन गर्न तत्पर रहेको र निकट भविष्यमा लागु औषध न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम जेसीजको संयोजनमा गर्न आवश्यक गृहकार्य गरिरहेको पनि जानकारी गराउनु भएको थियो । एकदिने उत्त शिविरमा २४६ जना बिरामीको आँखा जाँच गरिएको थियो।

 

९. संस्कृत पाठशालाको भवन निर्माणमा सहयोग कार्यक्रम

२०७५ चैत्र १० गते, मेनपा १२ झापा।

मेची नगर नगरपालिका १२ स्थित सहरेडाँगीमा रहेको माधव संस्कृत बिद्यालयको भवन निर्माण सहयोर्गाथ आयोजित श्री आन्नद रामायण धान्याचल नवाह ज्ञान महायज्ञको अवसरमा चारआली जेसीज बाट बाउन्न हजार एक सय सतचालिस रुपैया सहयोग हस्तान्तरण गरिएको थियो । सोको लागि चारआली जेसीज बर्ष २०१५ का अध्यक्ष जेसी राजेश गिरी ज्यू, बर्ष २०१६ का अध्यक्ष जेसी तीर्थ घिमिरे ज्यू, बर्ष २०१७ का अध्यक्ष जेसी धन बहादुर तामांग ज्यू, बर्ष २०१८ का अध्यक्ष जेसी रोहित दाहाल ज्यू, बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल ज्यू, बर्ष २०१९ का कोषध्यक्ष जेसी बिर बहादुर बेघा ज्यू, बर्ष २०१९ का सचिब जेसी टिकाराम रिजाल ज्यू तथा संस्थापक उपाध्यक्ष जेसी मोहन अधिकारी ज्यूूको बिशेष सहयोग रहको थियो। सो अवसरमा बर्ष २०१९का अध्यक्ष तथा सचिब ज्यूलाई श्रेयष्कर सदस्यता र पूूर्व अध्यक्षहरु, संस्थापक उपाध्यक्ष, तथा कोषाध्यक्ष ज्यूलाई आजिवन सदस्यता प्रदान गरी सम्मान गरिएको थियो ।पुराण अवधिभर बिभिन्न उप समितिमा रहेर चारआली जेसीजका सदस्यहरुले सहयोग पुर्याउनुभएको थियो। साथै मेचीनगर नगरपालिकाकी मेयर मीना उप्रती प्रमुख अतिथि रहेको समापन कार्यक्रममा चारआली जेसीजको योगदानको उच्च मूल्यांकन गर्दै प्रंशसा पत्र प्रदान गरिएको थियो ।

 

१०. एसईईका परीक्षार्थीहरुलाई निशुल्क सानीटरी प्याड हस्तान्तरण

२०७५ चैत्र १५, चारआली

एसईईका छात्रा परीक्षार्थीहरुलाई लक्षित गरी गते चारआली जेसीजले निशुल्क रुपमा सानीटरी प्याड हस्तान्तरण गरेको हो। श्री शहीद दशरथ मा.बि परीक्षा केन्द्र, चारआलीका परीक्षार्थीहरु महिनाबारीको समयमा परीक्षा दिन थप सहज बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरेको हो। चारआली जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको सभापतित्व तथा बिद्यालयका प्रधानाध्यापक तथा केन्द्राध्यक्ष रमेश सापकोटाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा तालिम निर्देशक जेसी भोजराज पराजुलीले संचालन तथा उपाध्यक्ष सुजुप सुवेदी ले जेसीज आश्था बाचन र स्वागत मन्तव्य राख्नुभएको थियो। निबर्तमान अध्यक्ष जेसी रोहित दाहाल, अतिथि तथा नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सदस्य, शिक्षक डिल्लीराम भण्डारीज्यू लगायत जेसीजका पदाधिकारीज्यू हरु सहित केन्द्रका निरीक्षक ज्यूहरु लगायत को उपस्थिति रहेको थियो। कार्यक्रममा प्रधानअध्यापक तथा प्रमुख अतिथिले जेसीजको कामको सरहाना व्यक्त गर्नु भएको थियो भने अतिथि तथा शिक्षक डिल्लीराम भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो। परीक्षाको कारणले गर्दा संक्षीप्त रुपमा संचालन गरएको सो कार्यक्रम मा प्रधानाध्यापक ज्यू मार्फत बिद्यालयलाई ४०० प्रति सेनेटरी प्याड हस्तान्तरण गरिएको थियो।

 

११. Multi chapter Training on Parliamentary Procedure and SDGs कार्यक्रम

१६ चैत्र २०७५ , चारआली

 चारआली जेसीजको आतिथ्यता तथा धुलाबारी जेसीज, भद्रपुर जेसीज अर्जुुनधारा जेसीज, बुधबारे जेसीज ,बाहुनडाँगी जेसीज तथा मेचीनगर लेडी जेसीजको संयुक्त आयोजनामा चारआली जेसीजको आतिथ्यतामा संसदीय बैठक प्रणाली तथा दिगो बिकासका लक्ष्य सम्बन्धी तालिम सम्पन्न भएको छ। चारआली जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको सभापतित्व तथा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसीई सिनेटर रबिन पोखरेल ज्यूको बिशिष्ट आतिथ्यता, नेपाल जेसीजका तालिम कमिस्नर जेसी एकराज गिरीको बिशेष आतिथ्यता, नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी भिम गिरी, नेपाल जेसीज क्षेत्र क ट्रेनिङ्ग कोअर्डिनेटर जेसी कबिता शर्मा तथा मेचीनगर नगरपालिका बडा न. १३का वडा अध्यक्ष कृष्ण सिग्देल ज्यू अतिथि रहनुभएको थियो। चारआली जेसीजका तालिम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुलीले स्वागत गर्नुभएको कार्यक्रममा धुलाबारी जेसीजका अध्यक्ष जेसी केशव पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। नेपाल जेसीज क्षेत्र क ट्रेनिङ्ग कोअर्डिनेटर जेसी कबिता शर्माले शुभकामना मन्तव्य राख्नुुभएको कार्यक्रममा प्रमुख अतिथि तथा मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले जेसीजको जस्तै नगरपालिकामा पनि संसदीय बैठक प्रणाली अवलम्बन गर्न थालिएको र आगामी बजेटमा जेसीजका कार्यक्रमलाई नगरपालिकाको तर्फबाट पनि आर्थिक सहयोगका व्यबस्था मिलाउन लागिएको बताउनुुभएको थियो। आतिथ्य शाखाका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल, पूूर्व अध्यक्ष जेसी धन बहादुर तामांग, निबर्तमान अध्यक्ष जेसी रोहित दाहाल, भद्रपुर जेसीजका अध्यक्ष जेसी अनुज खतिवडा, अर्जुनधारा जेसीजका अध्यक्ष जेसी टि.आर. गौतम तथा बाहुनडाँगी जेसीजका अध्यक्ष जेसी कञ्चन उप्रेती सहित आयोजक शाखाका पदाधिकारीहरु तथा सदस्यहरुको सक्रिय सहभागीता रहेको कार्यक्रमको संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो। बिभिन्न शाखाका ५७ जना जेसीज सदस्यहरु प्रशिक्षार्थीहरु रहेको तालीम कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसीई सिनेटर रबिन पोखरेलज्यू ले प्रमुख प्रशिक्षक तथा नेपाल जेसीजका पुर्व राष्ट्रिय उपाध्यक्ष जेसी भिम गिरीज्यूले प्रशिक्षकको भुमिकामा प्रशिक्षण गराउनु भएको थियो ।

सोही कार्यक्रमको अवसरमा चारआली जेसीज मार्फत दुवै मृगौला फेल भएका किरण धिमालको मृगौला प्रत्यारोपण गर्न लागि आर्थिक सहयोग गर्ने उद्देश्यले डेनमार्कमा अध्ययनरत अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालका भाई राजेन्द्र पकुवालले तथा अमेरिकामा अध्ययनरत खडग बहादुर पुलामीले संकलन गर्नुभएको दुई लाख दश हजार आठ सय अठचालीस रुपैया एकानब्बे पैसा रकमको चेक प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मीना उप्रेती तथा सभापति चारआली जेसीजका अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको बरदबाहुलीबाट किरण धिमाल बचाउ अभियानका संयोजक प्रेम लुवागुनलाई हस्तान्तरण गरिएको थियो।

 

१२. समुदायमा कोषाध्यक्ष जेसी बिर ब. बेघाको जन्मदिनको कार्यक्रम

चैत्र २६, २०७५

BOD-2019 को जन्मदिन समुदायमा कार्यक्रम अन्तरगत चारआली जेसीज वर्ष सन् २०१९ का कोषाध्यक्ष जेसी बिर ब. बेघाको जन्मदिन २०७५ चैत्र २६मा मेचीनगर नगरपालिका ०९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र मा आश्रय लिई रहेका असाहय बाल बालिकाहरुलाई लक्षित गरी फलफुल तथा नगद हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो। केन्द्रका अगुवा श्याम दनुवारको प्रमुख आथ्यिता रहको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नु भएको थियो। सो कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९की क्भलष्यच ऋष्तष्शभल क्भचखष्अभ एचयनचबm ऋययचमष्लबतयच जेसी सुस्मिता श्रेष्ठले सम्पर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। पुर्व अध्यक्ष जेसी तीर्थ घिमिरेले अध्यक्षलाई जन्मदिनको शुभकामना तथा सो कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्दै सम्पुर्ण पदाधिकारीले आफ्नो जन्मदिन यसरी मनाउदै जेसीजले समाजमा उदाहरणीय कार्यक्रम गरिआएको बताउनुभएको थियो। जेसीजका पदाधिकारीज्यूहरु तथा सदस्य ज्यूहरुको उपस्थित कार्यक्रममा बर्ष २०१९ का कोषाध्यक्ष जेसी बिर ब. बेघाले जेसीज आस्था पाठ गनुर्भएको थियो भने कार्यक्रम संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो।

 

१३.भित्ते पात्रो बिमोचन तथा नया बर्षको शुभकामना आदान प्रदान कार्यक्रम

बैशाख, ०१ २०७६

चारआली जेसीजले बार्षिक रुपमा प्रत्येक बर्ष प्रकाशन गर्र्दै आईरहेको भित्ते पात्रो यस बर्ष पनि प्रकाशन गरी नयाँ बर्षको अवसरमा बैसाख १ २०७६ मो भित्ते पात्रो बिमोचन तथा जेसीज सदस्यबीच शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको थियो। मेचीनगर नगरपालिका १३ का वडा अध्यक्ष श्री कृष्ण सिग्देलको प्रमुख अतिथ्यता तथा चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को सभापतित्वमा भएको सो कार्यक्रममा उपाध्यक्ष जेसी सुजुप सुवेदीले आस्था बाचन तथा कार्यक्रम संयोजक तथा चारआली जेसीज बर्ष २०१९का कार्यकारी उपाध्यक्ष जेसी संगीत शिवाकेटीले सम्पर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो। संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल लगायत पुर्व अध्यक्षज्यूहरु, चारआली जेसीजका बोर्डका पदाधिकारी ज्यूहरु , संयोजकज्यूहरु तथा सदस्यज्यूहरुको उपस्थिति रहेको सो कार्यक्रममा प्रमुख अतिथिको को हातबाट भित्तेपात्रो बिमोचन गरी सम्पूर्ण उपस्थित महानभावहरुलाई भित्तो पात्रो बितरण पनि गरिएको थियो। चारआली जेसीजका महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको कार्यक्रम फ्रन्डसीप कर्नर तथा पार्टी प्यालेस चारआलीमा आयोजना गरिएको थियो।

 

१४. उत्कृष्ट नागरिक सम्मान २०७५ कार्यक्रममा ऐकेबद्धता तथा सहभागीता

बैशाख, ०५ २०७६

वीरता जेसीज पूर्व अध्यक्ष क्लवको अगुवाई तथा झापाका सवै जेसीज शाखा एवं सामाजिक संस्था गरी १०० बढी संस्थाले साझा कार्यक्रमको रुपमा उत्कृष्ट घोषित एक नागरिकलाई सामूहिक सम्मान प्रदान गरिदै आईएको उत्कृष्ट नागरिक सम्मान २०७५ कार्यक्रममा बैशाख ०५ २०७६मा चारआली जेसीजको पनि सहभागीता तथा ऐकेबद्धता रहेको थियो। पुर्व उपप्रधान तथा गृह मन्त्री कृष्ण प्रसाद सटौलाको प्रमुख आतिथ्यता तथा बिभिन्न बिशिष्ट व्यतिmत्व लगायत जेसीज तथा गेैह्र जेसीज व्यत्तित्वहरुको उपस्थितिमा भएको कार्यक्रमा यस बर्ष राष्ट्र सेवा बिधा तर्फ यस बर्षको उत्कृष्ट नागरिक सम्मान २०७५ बाट चन्द्रगढी नागरिक उडड्यन प्राधिकरणका प्रमुख पुर्ण प्रसाद कुवँरलाई पुरस्कृत गरिएको थियो। सो कार्यक्रममा चारआली जेसीजको तर्फबाट पनि पुरस्कृत श्री पुर्ण प्रसाद कुवँरलाई दोस्सला ओढाई तथा मायाको चिनो चारआली जेसीज बर्ष २०१९का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालको हातबाट प्रदान गरिएको थियो।

 

१५. समुदायमा Senior Citizen Service Program Coordinator जेसी सुस्मिता श्रेष्ठको जन्मदिनको कार्यक्रम

मिति २०७६,०२,३०

जन्मदिन समुदायमा कार्यक्रम अन्तरगत चारआली जेसीज वर्ष २०१९ की Senior Citizen Service Program Coordinator जेसी सुस्मिता श्रेष्ठको नजन्मदिन मिति २०७६÷०२÷३० मा मेचीनगर नगरपालिका ०९ मागुरमाडी स्थित स्वबोध साधना केन्द्र मा आश्रय लिई रहेका असाहय बालबालिका हरुलाई लक्षित गरी फलफुल तथा शैक्षिक समाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको थियो। केन्द्रका अगुवा श्यामदनुवारको प्रमुखआथ्यिता रहको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नु भएको थियो। सो कार्यक्रमको औचित्य माथि प्रकाशपार्दै कार्यक्रम संयोजकथा चारआली जेसीजबर्ष २०१९ की Senior Citizen Service Program Coordinator जेसी सुस्मिता श्रेष्ठले सम्पुर्ण उपस्थित व्यक्तित्व हरुलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्दै कार्यक्रमको ओचित्यमा प्रकाश पार्नु भएको थियोे थियो । जेसीजका पदाधिकारी ज्यूहरु तथा सदस्यज्यू हरुको उपस्थित कार्यक्रममा बर्ष २०१९ का कोषाध्यक्ष जेसी बिर बहादुर बेघाले जेसीज आस्था पाठ गनुएको थियो भने कार्यक्रम संचालन महासचिब जेसी संजय निरौलाले गर्नुभएको थियो।

१६. चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम (प्रथम चरण)

२०७६ जेठ १ गते

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ १ गते चारआली स्थित लिटल एन्जल्स अंग्रेजी आवासीय माध्यामिक बिद्यालयमा जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयका प्रिन्सिलल रुद्रमणि सुबेदी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष जेसी बिर बहादुर बेघाले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने १७ जना बिद्यार्थीहरु लाई समाबेश गरी राहुल शाह संयोजक रहने गरी चारआली जेसीज (LABS) बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले संचालन गर्नु भएको थियो।

१७. Circle of Excellence and State of Mind तालीम कार्यक्रमको आतिथ्यता

25 st May, 2019

बाहुनडागी जेसीजको आयोजना तथा चारआली जेसीजको आतिथ्यतामा बाहुण्डाँगी जेसीजको जारी ८ दिवसीय तालिम अन्तर्गत शनिवार झापाका शाखाहरु बीच मल्टि च्याप्टर तालिम चारआलीमा सम्पन्न भएको थियो ।‘सर्कल अफ एक्सिलेन्स एण्ड स्टेट फ माइन्ड’ विषयमा भएको तालिममा झापाका १३ शाखाका ५२ जनाका सहभागिता रहेको थियो । झापामा रहेका १४ वटा शाखा रहेका छन् । तालिमको प्रशिक्षकका रुपमा नेपाल जेसीजका ट्रेनर सिनेटर राजाबाबु शाह रहनु भएको थियो ।यसैगरी आयोजक संस्था बाहुण्डाँगी जेसीजले तालिमलाई झापाका शाखाहरुबिच एकअर्कामा भातृत्वको सम्बन्ध बढाउने उदेश्यका साथ २०१८ र २०१९ का अध्यक्षहरुको समेत सहभागिता गराएको थियो । चारआली जेसीजको आतिथ्यतामा भएको तालिममा २०१८ का अधिकांश अध्यक्षहरुको सहभागिता रहेको थियो । शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्व तथा नेपाल जेसीज वर्ष २०१८ का कार्यकारीणी उपाध्यक्ष अशोक शंकरको प्रमुख आथित्यतामा सम्पन्न तालिममा विशेष अतिथि नेपाल जेसीजका तालिम आयुक्त एकराज गिरी, सहभागिका तर्फबाट भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले बोल्नु भएको थियो । उद्घाटन कार्यक्रममा नेपाल जेसीज एरिया ए का थिम डाइरेक्टर अजय देव, एरिया ए का तालिम सदस्य तथा लेटाङ जेसीज २०१८ का अध्यक्ष मनिष सुर्य मगर, सदस्य तथा गौरादह जेसीजका निवर्तमान अध्यक्ष राजु घिमिरे, नेपाल जेसीजका अध्यक्ष सल्लाहकार केदार कटुवाल, अध्यक्ष सल्लाहकार चन्द्र खत्री, अध्यक्ष सल्लाहकार धनबहादुर तामाङ, बाहुण्डाँगी जेसीजका पूर्व अध्यक्ष बद्री निरौला, मेचीनगर लेडी जेसीजकी निवर्तमान अध्यक्ष सुनिता पनेरु, धुलावारी जेसीजका निवर्तमान अध्यक्ष नारायण खनाल, सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भीम भट्टराई, विर्ता लेडी जेसीजकी निवर्तमान अध्यक्ष नम्रता रिजाल तथा विभिन्न शाखाका २०१८ का अध्यक्षहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा आस्थापाठ बाहुण्डाँगी जेसीजका कोषाध्यक्ष राजेश थापाले गर्नु भएको थियो ।आतिथ्य शाखा चारआली जेसीज २०१९ का अध्यक्ष उत्तम पकुवालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन बाहुण्डाँगी जेसीजका महासचिव देबु बानियाँले गर्नु भएको थियो ।

१८. चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम (दोस्रो चरण)

15 th May, 2019

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ गते चारआली स्थित लिटल श्री शहीद दशरथ माध्यामिक बिद्यालय जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयका प्रधानअध्यापक रमेश सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष जेसी बिर बहादुर बेघाले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने २७ जना बिद्यार्थीहरु लाई समाबेश गरी स्वीकृती सिग्देल संयोजक रहने गरी चारआली जेसीज (SDCHS)  बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले संचालन गर्नु भएको थियो।

 

१९. चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम (तेस्रो चरण)

29th May, 2019

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ गते मे न पा १२ स्थित श्री सरस्वती बाल कल्याण माध्यामिक बिद्यालयमा जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयका प्रधानअध्यापक श्री शुक्रराज घिमिरे को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोषाध्यक्ष जेसी बिर बहादुर बेघाले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने १६ जना बिद्यार्थीहरु लाई समाबेश गरी जीवन दंगाल संयोजक रहने गरी चारआली जेसीज बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले संचालन गर्नु भएको थियो।

 

२० .चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम ( चौथो चरण)

29th May, 2019

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ गते मे न पा १२ स्थित श्री युनिक अंग्रजी माध्यामिक बिद्यालयमा जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयका संस्थापक प्रधानाअध्यापक तथा चारआली जेसीजका संस्थापक अध्यक्ष जेसी श्री बिष्णु प्रसाद को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यिक कार्यक्रम जेसी मोहन लिम्बु ले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने ११ जना बिद्यार्थीहरु लाई समाबेश गरी क्रिषा पोखरेल संयोजक रहने गरी चारआली जेसीज बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले स ंचालन गर्नु भएको थियो।

२१. चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम (पाँचौ चरण)

30th May, 2019

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ गते मे न पा १४ धाईजन स्थित श्री सिताराम सामुदायिक अंग्रजी माध्यामिक बिद्यालयमा जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयका सहायक प्रधानाअध्यापक नबराज सुवेदी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यिक कार्यक्रममा जेसी मोहन लिम्बु ले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने कक्षा १० का ११ जना बिद्यार्थीहरु लाई समाबेश गरी खेमा राजवंशी संयोजक रहने गरी चारआली जेसीज (SCESC)  बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले संचालन गर्नु भएको थियो।

 

२२. चारआली जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम (छैटौ चरण)

30th May, 2019

चारआली जेसीजको आयोजनामा मिति २०७६ जेठ गते मे न पा १२, चारआली स्थित श्री सेन्ट पल्स अंग्रजी माध्यामिक बिद्यालयमा जेसीज बिद्यार्थी अन्तर सञ्जाल गठन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो। चारआली जेसीजबर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवाल को अध्यक्षता र बिद्यालयकी संस्थापक तथा शिक्षिका शर्मिला आलेमगर को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा साहित्यिक कार्यक्रममा जेसी मोहन लिम्बु ले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो। सो बिद्यालयमा अध्ययनरत कक्षा १० का बिद्यार्थीहरु बीच जेसीज अभियानका बारेमा जानकारी प्रदान गरिएको थियो। सो कार्यक्रमका दौरानमा उत्प्रेरणा भई स्वत स्फुर्त जेसीस बिद्यार्थी संजालमा आबद्ध हुन चाहने १३ जना बिद्यार्थीहरु लाई समाबेश गरी समीर श्रेष्ठ संयोजक रहने गरी चारआली जेसीज (SPESC) बिद्यार्थी संजाल गठन गरिएको थियो । जेसीज सम्बन्धी बिद्यार्थीहरुका प्रश्न जिज्ञासालाई अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले उत्तर दिनु भएको थियो । सामुहिक आस्था बाचन गरिएको सो कार्यक्रम चारआली जेसीज बर्ष २०१९ का महासचिब जेसी संजय निरौलाले संचालन गर्नु भएको थियो।

 

२३. एकदिने माईन्युट लेखन तालिम कार्यक्रम

२०७६साल जेष्ठ १८ गते चारआली झापा।

चारआली जेसीजको आयोजना तथा तथा मेची नगर नगरपालिका वडा नं. १३ को सहयोगमा एकदिने माईन्युट लेखन तथा प्रतिबेदन लेखन तालिम कार्यक्रम चारआली स्थित फ्रन्डसीप कर्नर पार्टी प्यालेसमा सम्पन्न भएको छ । स्थानीय मेचीनगर नगरपालिका वडा नं. ३० भन्दा भन्दा बढी टोल बिकास संस्थाका पदाधिकारी उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने मेची नगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलकोे प्रमुख आतिथ्यता तथा नेपाल जेसीजका क्षेत्र क निरुपित कार्यकारीणी उपाध्यक्ष सिनेटर रबिन पोखरेलको बिशिष्ट आथित्यता तथा हातेमालो सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलको आतिथ्यता रहेको थियो । संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु जेसी राजेश गिरी, जेसी तीर्थ घिमिरे , जेसी धन बहादुर तामांग तथा निबर्तमान अध्यक्ष जेसी रोहित दाहालको उपस्थितिमा भएको कार्यक्रममा बर्ष २०१९ का तालीम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुली ले स्वागत मन्तव्य, जन सम्पर्क अधिकारी जेसी सन्तोष न्यौपानेले जेसीज आस्था बाचन गर्नुभएको थियो। सो अवसरमा प्रमुख अतिथि तथा मेची नगर नगरपालिका वडा नं. १३ वडा अध्यक्ष कृष्णराज सिग्देल तथा बिशिष्ट अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर रबिन पोखरेले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । महासचिब जेसी संजय निरौलाले संचालन तथा प्रशिक्षक ज्ञानेन्द्र निरौलाले सहजीकरण गर्नुभएको कार्यक्रममा टोल बिकास संस्था तथा अन्य सस्थाका पदाधिकारी हरु समेत गरी ६० जनाले प्रशिक्षण लिनुभएको थियो।

 

२४. प्रभावकारी भाषण कला तालिम कार्यक्रम

२०७६साल जेष्ठ १८ गते चारआली झापा।

नेपाल जेसीजकी क्षेत्र क निरुपित उपाध्यक्ष सिनेटर ईनु थापाको शाखा भम्रणको अवसर मा चारआली जेसीजको आयोजना मा एकदिने चारआली जेसीज बिद्यार्थी सञ्जालका सदस्यहरुलाई लक्षित गरी एकदिने प्रभावकारी भाषण कला तालिम कार्यक्रम चारआली स्थित फ्रन्डसीप कर्नर पार्टी प्यालेसमा सम्पन्न भएको छ । स्थानीय श्री शहीद दशरथ चन्द माध्यामिक बिद्यालय, सेन्ट पल्स अंग्रजी मा.बि, लिटल एन्जल्स अंग्रेजी मा. बि. सिताराम सामुदायिक अंग्रजी मा.बि., युनिक ईन्गिलिस स्कूल तथा सरस्वती वाल कल्याण माबि का चारआली जेसीज बिद्यार्थी सञ्जालका ७५ जना बिद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने प्रदेश सभा सांसद गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता ,नेपाल जेसीज निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर ईनु थापा को बिशिष्ट आतिथ्यता, मेनपा १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, सरस्वती बाल कल्याण मा. बि प्रधानअध्यापक शुक्रराज घिमिरे, अर्जुनधारा जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी टि आर गौतम , बिरता जेसीज बर्ष २०१९ का अध्यक्ष बिशाल थापाको आतिथ्यता रहेको थियो । संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु जेसी राजेश गिरी, जेसी तीर्थ घिमिरे , जेसी धन बहादुर तामांग तथा निबर्तमान अध्यक्ष जेसी रोहित दाहालको उपस्थितिमा बर्ष २०१९ का तालीम निर्देशक तथा कार्यक्रम संयोजक जेसी भोजराज पराजुली ले स्वागत मन्तव्य, जन सम्पर्क अधिकारी जेसी सन्तोष न्यौपानेले जेसीज आस्था बाचन गर्नुभएको थियो। सो अवसरमा प्रदेश सभा सांसद गोपाल चन्द्र बुढाथोकी, बिशिष्ट अतिथि तथा नेपाल जेसीज निरुपित राष्ट्रिय उपाध्यक्ष सिनेटर ईनु थापा, सरस्वती बाल कल्याण मा. बि प्रधानअध्यापक शुक्रराज घिमिरे, चारआली जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल ले शुभकामना मन्तव्य राख्नुभएको थियो। चारआली जेसीजका Media and Communication Coordinator, रेडियो कार्यक्रम प्रस्तोता जेसी हरिकृष्ण भण्डारीले प्रशिक्षण तथा चारआली जेसीजका महासचिब जेसी संजय निरौलाले सहजीकरण गर्नुभएको तालीम कार्यक्रम महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको थियो ।

 

२५. लागू औषध र्दूव्यशनी सम्बन्धी सचेतना कार्यक्रम

२०७६ साल आषढ ०६ गते, चारआली झापा।

नेपाल सरकारको देशव्यापी लागू औषध र्दुव्यसनी बिरुद्धको सप्ताहको अबसरमा चारआली जेसीजको आयोजना तथा तथा मेची नगर नगरपालिका वडा नं. १३ को सहयोगमा एकदिने लागू औषध र्दुव्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानीय शहीद दशरथ चन्द माध्यामिक बिद्यालयको प्रांगणमा त्यसै बिद्यालयका बिद्यार्थीहरु साथै मेचीनगर नगरपालिका वडा नं. १३ का दर्जन भन्दा बढी टोल बासी युवा युवतीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्र.पकुवालले गर्नुभएको थियो भने मेची नगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीकोे प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक अध्यक्ष जेसी बिष्णु प्र. रिमाल लगायत सम्पुर्ण पूर्व अध्यक्षहरु जेसी राजेश गिरी, जेसी तीर्थ घिमिरे , जेसी धन बहादुर तामांग तथा निबर्तमान अध्यक्ष जेसी रोहित दाहालको उपस्थितिमा भएको कार्यक्रममा बर्ष २०१९ का उपाध्यक्ष तथा कार्यक्रम संयोजक जेसी सुजुप सुबेदीले स्वागत मन्तव्य, जन सम्पर्क अधिकारी जेसी सन्तोष न्यौपानेले जेसीज आस्था बाचन गर्नुभएको थियो।सो अवसरमा प्रमुख अतिथि तथा मेची नगर नगरपालिकाकी उपमेयर मीना उप्रेतीले जेसीजको समुदाय बिभिन्न समस्याहरुको निराकरणको भुमिका प्रति खुशी व्यक्त गर्दै राज्यका निकायहरु संग समन्वय गर्दै अघि बढनुपर्ने बताउनु भएको थियो। बिशिष्ट अतिथि तथा मे न पा १३ का वडा अध्यक्ष कृष्णराज सिग्देलले स्थानीय निकायले भबिष्यमा जेसीज संग सहकार्य गरेर युवा लक्षित कार्यक्रम हरु संचालन गरिरहेको साथै भविष्यमा पनि बिभिन्न कार्यक्रमहरुमा मे न पन १३ वडा कार्यालयको सहयोग रहने बताउनुभएको थियो । सोही अवसरमा अतिथि तथा बिद्यालयकी निमित्त प्रधान अध्यापक तुलसा मैनाली, ईलाका प्रहरी कार्यालय धुलाबारीका ईन्र्चाज टिका बहादुर कार्कीले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा मे. न. पा. १३ काी कार्यपालिका सदस्य निरु परियार, शहीद दशरथ मा बि बिद्यार्थी जेसीज सञ्जालकी संयोजक स्वीकृति सिग्देल, बिद्यालयका शिक्षक शिक्षिकाहरु, कर्मचारी तथा मेची नगर नगरपालिका वडा नं. १३ का टोल बिकास संस्थाका प्रतिनिधिहरुको पनि आतिथ्यता रहेको थियो । दमक जेसीज वर्ष २०१७ का अध्यक्ष जेसी गोबिन्द राज कट्टेल तथा सगरमाथा आरोही बांदु शेर्पाले प्रशीक्षण तथा सहजीकरण गर्नुभएको कार्यक्रमको महासचिब जेसी संजय निरौलाले संचालन गर्नुभएको थियो ।

२६.अपांगता भएका व्यक्तिका अभिभावकहरुलाई अभिमुखीकराण तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम ।

मिति २०७६साल असार ०७ गते, अर्जुनधारा १० झापा।

श्री सुसेली टोल बिकास समाजको आयोजना ,अर्जुनधारा नगरपालिका १० को वडा कार्यालयको आर्थिक सहयोग, चारआली जेसीज तथा बिचार चौतारी युवा क्लबको प्राबिधिक सहयोगमा एकदिने अपांगता भएका व्यक्तिका अभिभावकहरुलाई अभिमुखीकरण तथा अपांगता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। अर्जुनधारा नगरपालिका १० स्थित पञ्चकन्या धाम सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व श्री सुसेली टोल बिकास समाज तथा चारआली जेसीजका अध्यक्ष उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता समाज सेवा सुधार संघ तथा अपांग सेवा समिति ,झापाका अध्यक्ष धर्म घिमिरेले गर्नु भएको थियो । सो अवसरमा बिशिष्ट अतिथि तथा अर्जुनधारा नगरपालिका वडा नं. १० का कार्यवाहक वडा अध्यक्ष भोला गौतमले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै अपांग हक हितको लागि बिभिन्न संघ संस्थाहरु संग समन्वय गर्दै अघि बढने प्रतिबद्धता जाहेर गर्दै आगामी दिनहरुमा पनि अपांगता भएका व्यक्तिहरुलाई उचित सम्मान तथा जीवन निर्वाहमा सहयोग पुर्याउन वडाको सहयोगमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिने बताउनु भएको थियो। उक्त कार्यक्रमका अतिथिहरु बिचार चौतारी युवा क्लबका कार्यकारीणि उपाध्यक्ष उत्सब भट्टराई, अ न पा वडा नं. १०का वडा सचिब कृष्ण नेपाल, , अपांगता क्षेत्रमा काम गर्ने सर्वण मोहली, सरस्वती बाल कल्याण माबि का प्र.अ. शुक्रराज घिमिरेले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि तथा समाज सेवा सुधार संघ तथा अपांग सेवा समिति ,झापाका अध्यक्ष धर्म घिमिरे साथै बिशेष अतिथि तथा अपांग स्वाबलम्बन समाज, शनिश्चरेका अध्यक्ष खेम रेग्मीले कार्यक्रममा उपस्थित अपांगता भएका व्यक्तिहरु तथा उहाहरुका अभिभावकलाई उत्प्रेरणा प्रदान गर्दै अपांगता भएका व्यक्तिहरुका लागि परिवारले, समुदायले अनि राज्यले गर्नुपर्ने भुमिकाका बारेमा प्रस्ट्याउनु हुदै सहजीकरण गर्नुभएको थियो । सो अवसरमा अर्जुनधारा नगरपालिका वडा नं. १० मा बसोबास गर्ने २५ जना अपांगता भएका व्यक्तिहरुलाई रु १ लाख बराबरको जीवन यापनमा सहजता प्रदान गर्ने दैनिक उपभोग्य समाग्रहरु, अपांग बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा बिद्यालय पोसाक बितरण गरिएको थियो । सृष्टि उद्यमी महिला समुहकी अध्यक्ष भावना घिमिरे, अपांगता भएका व्यक्ति तथा तिनीहरुका अभिभावकहरु, वडाबासीहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा सदस्यहरु गरी १११ जना व्यक्तिहरुको आतिथ्यता रहेको सो कार्यक्रममा समाजकी सचिव तथा चारआली जेसीजकी Children and Women Empowerment Program Coordinator शिक्षा घिमिरेले स्वागत गर्नुभएको थियो भने कार्यक्रम संयोजक केशव सञ्जेलले कार्यक्रमको ओचित्यमा प्रकाश पार्नुभएको थियो। समाजका महासचिब तथा चारआली जेसीजका Youth Mobilization Coordinator लक्ष्मी सिग्देलले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि धर्म घिमिरे तथा बिशेष अतिथि खेम रेग्मीलाई मायाको चिनो पनि हस्तान्तरण गरिएको थियो।

२७.निबर्तमान अध्यक्षको जन्मदिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा

मितिः २०७६ साल असार १४ गते, अर्जुनधारा।

चारआली जेसीजका पदाधिकारीहरुको जन्मदिन समुदायमा अन्तरगतको कार्यक्रम चाराली जेसिजका बर्स २०१८ का अध्यक्ष जेसि रोहित दाहालको जन्मदिन अपाङग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा ६ मा अपाङगता भयेका बालबालिका हरु सग मनाइयो । सो अबसरमा जेसि रोहित दाहाल ले संस्था आश्रय लिईरहेका ८ जना बालबालिकालाई मिठाई बितरण तथा सहयोग रकम केन्द्रका अध्यक्ष कृष्ण देव दुलाल लाई हस्तान्तरण गर्नुभएको थियो। चारआली जेसीजका बर्ष २०१९का बोर्ड पदाधिकारीहरुको उपस्थिति रहेको थियो। परिचयात्मक कार्यक्रम गरी अनौपचारिक रुपमा गरिएको कार्यक्रममा अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र अर्जुनधारा ६का अध्यक्ष कृष्ण देव दुलालले निबर्तमान अध्यक्ष जेसी रोहित दाहाललाई जन्मदिनको शुभकामना व्यक्त गर्दै चारआली जेसीजलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

 

२८.अभिभावकहरुलाई प्रभावकारी अभिभावकत्वको तालिम कार्यक्रम

मिति २०७६ साल असार १४ गते, मे पा १४

चारआली जेसिज को आयोजनामा तथा मेची नगर नगरपालिका वडा नं.को सहयोगमा मेनपा १४, झापा को सभाहल मा सामुदायिक बिध्यालयका अभिभावकहरुका लागि दमक जेसिज बर्ष २०१७ अध्यक्ष   जेसि गोबिन्द राज कट्टेल को प्रसिक्षणमा प्रभाबकारी अभिभावकत्व सम्बन्धि एकदिने तालिम सम्पन्न गरियो। सो कार्यक्रम मा प्रमुख अतिथि मेनपा १४ का वडा अध्यक्ष शन्कर पोखरेल , बिसिस्ट अतिथि बाल सुबोधिनि आ बिध्यालय का प्र अ बिस्व थापा , अतिथि हरु सदच माबि का सिक्षक टेकेन्द्र ढकाल, बा सु आ बि का सिक्षक मित्र काफ्ले, जेस्ठ नागरिक भोला सुबेदि लगायतको आतिथ्यता रहेको थियो। बर्श २०१९ का अध्यक्ष जेसि उत्तम प्रसाद पकुवाल को सभापतित्व रहेको , सस्थापक अध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल , निबर्तमान अध्यक्ष जेसि रोहित दाहालको उपस्थिति मा भयेको कार्यक्रम मा स्वागत मन्तब्य कार्यक्रम सम्योजक तथा जन सम्पर्क अधिकारी जेसि सन्तोश नेउपाने राख्नु भयेको थियो भने जेसिज आस्था जेसिज आस्था उपाध्यक्ष जेसि सुजुप सुबेदिले बाचन गर्नुभयेको थियो। ७५ जना अबिभावक को उपस्थिति रहेको कार्यक्रम मा प्रमुख अतिथि तथा वडा अध्यक्ष शन्कर पोखरेल, बिसिस्ट अतिथि बिस्व थापा तथा सस्थापक अध्यक्ष जेसि बिस्णु प्रसाद रिमाल ले सुभकामना मन्तब्य राख्नु भयेको भने कार्यक्रम सन्चालन महासचिब जेसि संजय निरौला ले गर्नु भएको थियो।

 

२९. योग सप्ताह

मिति २०७६ असार २५– ३१, चारआली।

चारआली जेसीजको आयोजना तथा बिचार चौतारी युवा क्ल्ब, मेचीनगर १२ को सहआयोजना तथा मेची नगर नगरपालिका वडा नं. १३ को सहयोग मा चारआली स्थित लिटल एन्जल्स अंग्रजी माबिको प्रांगणमा योग गरौं, निरोग रहौं, स्वस्थ नेपाल, समृद नेपाल भन्ने मुल २०७६ असार २५ गते ३१ गते सम्म सात दिने निःशुल्क योग प्रशिक्षण सप्ताह सञ्चालन भएको हो। पतञ्जली योग योग समिति, भद्रपुर का योग शिक्षक तथा चारआली जेसीज बर्ष २०१९ का Youth Mobilization Coordinator एबं बिचार चौतारी युवा क्ल्बका अध्यक्ष जेसी लक्ष्मी सिग्देलको प्रमुख प्रशिक्षणमा तथा चारआली जेसीजका सदस्य एबं स्थानीय ३० जना प्रशीक्षार्थीको सहभागितामा सो योग सप्ताह कार्यक्रमको सञ्चालन भएको थियो। सात दिन सम्म संचालन भएको सप्ताहको समापन कार्यक्रमका प्रमुख अतिथि तथा मेची नगर नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष कृष्ण राज सिग्देलले योग शिविरले समाजलाई निरोगी बनाउने र युवाहरुलाई दुव्र्यसनी बाट बचाउन लागि पनि योगको आवश्यकता रहेको बताउदै चारआली जेसीजलाई सोको थालनी गरकोमा धन्यवाद दिनुभएको थियो । समापन कार्यक्रमका योग शिक्षक लक्ष्मी सिग्देलले योग संगसंगै आयुर्बेदिक महत्व भएका बोट बिरुवाको पनि संर्बद्धन गर्नु पर्ने बताउदै योग शिबिरमा सहभागी सम्पूर्ण प्रशिक्षार्थी तथा प्रमुख अतिथि ज्यू हरुलाई जनही एक एक वटा निमको बिरुवा हस्तान्तरण गर्नुभएको थियो। समापन कार्यक्रममा कार्यक्रम संयोजक जेसी कुमार तामांगले स्वागत गर्नुभएको थियो भने जेसीज आस्था उपाध्यक्ष जेसी सुजुप सुवेदीले गर्नुभएको थियो। महासचिब जेसी सञ्जय निरौलाले संचालन गर्नुभएको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो।

 

३०.क्षेत्र महासचिबहरुको तालिम तथा भेला कार्यक्रम

मिति २०७६ साउन १०– ११, चारआली।

 नेपाल जेसीजको इतिहासमा पहिलो पटक झापा जिल्लाका १४ वटा जेसीजका शाखाका महासचिवहरुको आयोजना तथा चारआली जेसीजको आतिथ्यतामा भएको एरिया ‘ए’ का महासचिवहरुको दुई दिवसीय भेला २०७६ साउन १० र ११ गते चारआलीमा सम्पन्न भएको छ । तालिमको उद्घाटन नेपाल जेसीजका महासचिव सिनेटर अभिषेक श्रेष्ठले गरेका थिए । चारआली जेसीजका अध्यक्ष उत्तम प्रसाद पकुवालको अध्यक्षता तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा मेचीनगर लेडी जेसीजकी महासचिव गीता ओझाले आस्था वाचन गरेकी थिइन् भने कार्यक्रम संयोजक तथा कमलनगर जेसीजका महासचिव रिजु कार्कीले स्वागत गरेकी थिइन् । तालिममा एमसी तालिम नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष कैलाश खाकी श्रेष्ठले प्रदान गरेका थिए भने माइन्युट लेखनका बारेमा दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेलले तालिम प्रदान गरेका थिए । कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘क’ निरुपित राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर रवीन पोख्रेल, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर अनिल भेटवाल, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष सिनेटर विनोद बस्नेत, दमक जेसीजका पूर्व अध्यक्ष गोविन्दराज कट्टेल लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम संयोजक वीरता लेडी जेसीजकी महासचिव शुष्मा पौडेलले जानकारी दिइन् । कार्यक्रममा झापा जिल्लाबाट नेपाल जेसीजमा प्रतिनिधित्व गर्ने नेपाल जेसीज बर्ष १९९८ का अध्यक्ष सिनेटर अनिल भेटवाल तथा नेपाल जेसीज बर्ष २०१७ का अध्यक्ष सिनेटर प्रकासप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो । त्यसैगरी तालिममा सहभागी महासचिवहरुलाई आन्तरिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले कालिका सिमसार तथा रबर जोन र पाउ पाथिभरा मन्दिरको दर्शन तथा भ्रमण गराइएको थियो । तालिममा सहभागी महासचिवहरुलाई फेलोसिप डेभलोप्मेन्ट प्रोग्राम अन्तर्गत आयोजित लाइभ म्यूजिक सोमा पूर्वी ब्लुजका व्याण्ड मेम्बर आदित्य अधिकारी र प्रितम शेर्पाले मनोरञ्जन दिएका थिए । कार्यक्रममा मूल आयोजक समितिका संयोजक तथा तालिम कार्यक्रमका संयोजक चारआली जेसीजका महासचिव सञ्जय निरौलाले धन्यबाद ज्ञापन गरेका थिए भने भदौ २० र २१ मा भद्रपुर जेसीजको आतिथ्यतामा हुने नेपाल जेसीज क्षेत्र ‘क’ सम्मेलनको तयारीका बारेमा भद्रपुर जेसीजका महासचिव डिल्लीराम पोख्रेलले जानकारी गराएका थिए । चारआालीस्थित फ्रेन्डसिप कर्नर पार्टि प्यालेसमा दुई दिनसम्म सञ्चालन भएको तालिममा नेपाल जेसिज क्षेत्र ‘क’ भरिका २९ जना महासचिबहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिब कुशल खतिवडाले गरेका थिए ।

 

३१. उपाध्यक्ष जेसी प्रवीण पौडेलको जन्मदिन ,हात्ती पिडीतलाई सहयोग हस्तान्तरण कार्यक्रम

२०७६भदौ गते

चारआली जेसीजका उपाध्यक्ष जेसी प्रवीण पौडेलको जन्मदिन मेचीनगर १४ दुहागढीका दुई परिवार हात्ती पिडीतलाई सहयोग हस्तान्तरण गरिएको थियो ।जेसीजले हात्ति पिडित स्थानिय लुखी सोरेन र कोपीला भण्डारीको परिवारलाई चामल, नुन तेल लगायतका खाद्यान्न सामाग्री प्रदान गरेको थियो । चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष उत्तम प्रसाद पकुवाल, उपाध्यक्ष सुजुप सुवेदी, प्रविण पौडेल, खेलकुद संयोजक भुपेन्द्र प्याकुरेल, विद्यार्थि संजाल संयोजक नविनले संयुक्त रुपमा राहत सामाग्री प्रदान गरेका थिए । चार ओटाको संख्यामा दुई दिन अघि आएका जंगली हात्तिको समूहले २ ओटा घर पूर्ण नष्ट गर्नुका साथै दर्जनौ कृषकहरुको धानवालीमा क्षती पुर्याएका थिए । त्यसैगरी सोही ठाउ निवासी गत असारमा फुलवासा खोलाले वगाउदा बेपत्ता भएका सुफल हास्दा सतारको परिवारलाई समेत जेसिजले खाद्यान्न सहयोग गरेका थियो।

 

३२. जे सी आई चारआली स्कुल आाईकन २०१९

२०७६ साल कार्तिक गते।

जे सी आई चारआली स्कुल आाईकन २०१९ को उपाधि दिपासना मैनाली तथा सोहन काफ्ले ले हात पारेका छन्। चारआली जेसीजको आयोजना तथा युथ अवेरनेस नेटवर्क संगको सहकार्यमा प्रतियोगिताको प्रथम संस्करणको ताज मैनाली र काफ्लेले पहिरिएका हुन। झापा भरिका बिभिन्न बिद्यालयका करीब ५०० बिद्यार्थी हरु बीच गरिएको अडिसनमा चुनिएका ३७ जना बिद्यार्थीहरुलाई चारआली जेसीजका टे्रनर तथा बिषय बिशेषज्ञ हरु द्धारा नेतृत्व बिकास, व्यक्तित्व बिकास, भाषणकला, बाककला, नृत्य, अभिनय, Know JCI, How to Success, Grooming, Who am I लगायतका बिभिन्न बिषयमा असोज महिना देखि सुरु भएको ४० दिनको बन्द प्रशिक्षण पछि कार्तिक ९ गते धुलाबारी स्थित पासांग ल्याहमु स्मृति जेसीज भवनमा फाईनल कार्यक्रम समपन्न भएको हो। छात्रा तर्फकी दिपासना मैनाली एरा एभर ग्रिन अंग्रजी बिद्यालय, बुधबारेमा कक्षा ८ मा अध्ययनरत बिद्यार्थी हुन भने छात्र तर्फका बिजेता सोहन काफ्ले माउन्ट पोईन्ट अंग्रजी आवासीय मा बि का कक्षा ९ का बिद्यार्थी हुन। प्रतियोगिता को छात्र तर्फबाट फस्ट रनर अप बिसाल बिक तथा सेकेन्ड रनर अप असीम पौडेलले जितेका थिए भने छात्रा तर्फ बाट फस्ट रनर अप प्रजु घिमिरे तथा सेकेन्ड रनर अप प्रिया बस्नेत ले हात पारेका थिए । बिजेताहरुले नगद पुरस्कार तथा गिफ्ट हात पारेका छन। फाईनल कार्यक्रमको मुख्य निर्णायकमा मिस नेपाल २००५ सुगरिका केसी, धुलाबारी जेसीज बर्ष २००२ का अध्यक्ष जेसी केशव पौडेल, बिर्ता जेसीजका अध्यक्ष जेसी बिसाल थापा र मेचीनगर लेडी जेसीज बर्ष २०१६ की अध्यक्ष उसा श्रेष्ठ निर्णायकमा रहनु भएको थियो। औपचारिक कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर बिमल आर्चाय, बिशेष अतिथि मा मेची नगर नगर नगरपालिका वडा नं. १३ का वडा अक्ष्यक्ष कृष्ण सिग्देल, अतिथिहरुमा लायन्स कल्ब अफ धाईजन चारआलीका अध्यक्ष हरि घिमिरे, बिबिसी नेपाली सेवाका संवाददाता उमाकान्त खनाल, मातृशाखा धुलाबारी जेसीजका अध्यक्ष जेसी केशव पोखरेल, बिर्ता लेडी जेसीजकी अध्यक्ष जेसी सरु भूर्तेल खनाल, कमल नगर जेसीजका उपाध्यक्ष जेसी सन्तोष कडरिया, युथ अवेरनेस नेटवर्क का निर्देशक भुवन राउत, समाजसेवी डा. भिम सुब्बा लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन चारआली जेसीज बर्ष २०१९ का महासचिव जेसी सञ्जय निरौलाले गर्नु भएको थियो । कार्यक्रम संयोजक तथा बर्षृ २०१९ का उपाध्यक्ष जेसी सुजुप सुबेदीले स्वागत गर्नु भएको कार्यक्रममा महिला सशत्तीकरण संयोजक जेसी शिक्षा घिमिरेले आस्था पाठ, बर्ष २०१९ का उपाध्यक्ष जेसी मौसम खरेलले जेसीजको मिसन तथा भिजनको जानकारी तथा कोषाध्यक्ष बिर बहादुर बेघाले कार्यक्रमको औचित्यमा माथि प्रकाश पार्नु भएको थियो। चारआली जेसीजका संस्थापक अध्यक्ष जेसी बिष्णु प्रसाद रिमाल ,बर्ष २०१५ का अध्यक्ष जेसी राजेश गिरी, बर्ष २०१८ का अध्यक्ष जेसी रोहित दाहाल, धुलाबारी जेसीजका अध्यक्ष जेसी केशव पोखरेल, लायन्स कल्ब अफ धाईजन चारआलीका अध्यक्ष हरि घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व चारआली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी उत्तम प्रसाद पकुवालले गर्नुभएको थियो भने स्कुल आईकन २०१९को कार्यक्रम निर्देशक जेसी धिरज जंग बस्नेत रहनुभएको थियो।

 

३३. नेपाल जेसीजका राष्ट्रिय कार्यक्रमहरुमा सहभागिता

क. JCI Nepal National TOT-2019 मा शाखा अध्यक्ष सहित ३ जनाको सहभागिता

ख. JCI Nepal NOM LOM Leader's Academy मा सहभागिता

ग. क्षेत्र क अध्यक्षीय भेलामा शाखा अध्यक्ष सहित ५ जनाको सहभागिता

घ. नेपाल जेसीज क्षेत्र क सम्मेलनमा सहभागिता

ङ. नेपाल जेसीज क्षेत्र घ सम्मेलनमा सहभागिता

च. JCI Nepal Academy-2019  मा शाखा अध्यक्ष को सहभागिता 

 

 

 

 

 

 

 


JCI News Archive