पाेखरा जेसीजकाे अध्यक्षमा शिव सापकाेटा

2019-11-28

पोखरा जेसिजको वर्ष २०२० का लागि शिवप्रसाद सापकोटा निर्विरोध अध्यक्ष चयन भएका छन् । संस्थाको ४० औं शाखा अधिवेशन तथा ४५ औं वार्षिक साधारणसभाले सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । जेसिजका कानुनी सल्लाकारमा गणेश गिरी, कार्यकारिणी उपाध्यक्षमा मिन राज खड्का, महासचिवमा अनन्त प्रधाना­ङ्ग, कोषाध्यक्षमा प्रकाश घिमिरे र सचिबमा सन्देश पराजुली चयन भए । यस्तै, चार जना उपाध्यक्षमा सुर्य बहादुर केसी, कमल पराजुली, श्री सुनार र रबिन पौडेल, यस्तै चार जना निर्देशकहरुमा बिनु श्रेष्ठ, तिलक लामिछाने, बलराम कुर्इंकेल र धुब गर्बुजा पुन चयन भए ।

यसअघि, अधिवेशनको उद्घाटन गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गरे । उद्घाटनसभामा मन्त्री लम्सालले नक्कल गर्ने खालका नभई आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउन जेसिजलाई आग्रह गरे । संघीय सरकारबाट असहयोग हुँदा प्रदेशले चाहेजस्तो काम गर्न नसकेको गुनासो गर्दै उनले युवालाई रोजगारी र देश समृद्धिका लागि जेसिजसँग सहकार्य गर्न तयार रहेको बताए ।

नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपादध्यक्ष रविन पोखरेलले समाजमा सफल नेतृत्व विकास गराउने संस्था जेसिज नै भएको बताए । उनले नेतृत्वले आफूभन्दा तल्लो तहकालाई उन्नतिमा अग्रसर गराउन नसके नेता भन्न नसकिने उल्लेख गरे । ।

कार्यक्रममा मीन अवार्डबाट मेनुका पुन, नेटिज रनिङ अवार्डबाट इभिक कर्माचार्य, नारायण लक्ष्मी अवार्डबाट बिनु श्रेष्ठ, टेक लक्ष्मी श्याम अवार्डबाट कमल पराजुली, मिलेर गरौं अवार्डबाट अनन्त प्रधानांगलाई सम्मान गरिएको छ । जेसिज विद्यापदक शिवशक्ति माविका विद्यार्थी मोहमद अरताफ र डाइनियल इकेनी छात्रवृत्ति पोखरा १८ , सराङकोटस्थित मणिदीप विद्यालयका ४ जना जेहेन्दार विद्यार्थीले प्राप्त गरे ।

४० वर्ष उमेर पूरा गरेका सदस्यलाई जेसिजको विधान बमोजिम सम्मानसहित अवकाश दिइएको छ । अवकाश हुनेमा शिवप्रसाद कोइराला, अमृतराज बास्तोला, दीपेन्द्र पहारी, शिवप्रसाद देवकोटा, लक्ष्मण बराल, श्यामकृष्ण थापा छन् ।

पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष विकलप्रसाद शेरचन, बुटवल जेसिजका अध्यक्ष नरदेव न्यौपाने, पोखरा जेसिजका महासचिव शक्ति बरुवाल, अमृतराज बाँस्तोला लगायतले बोलेका थिए ।

 


JCI News Archive