लेखनाथ जेसीजमा स्वास्थ्यका लागि दौड प्रतियोगिता सम्पन्न

2019-12-02

जेसीज सप्ताह २०१९ को चौथो कार्यक्रम पोखरा २७, तालचोक देखी पोखरा ३१ बेगनासतालसम्म २०७६ कात्तिक २७ गते बुधवार आयोजित स्वास्थ्यका लागि दौड प्रतियोगिता लेखनाथ जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्षता र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष श्री बलराम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न गरियो । स्वास्थ्यका लागि दौड प्रतियोगितामा खुल्ला तर्फ श्री प्रदिप भुजेल प्रथम, श्री ओमकृष्ण बहिण राई द्धितिय र श्री ज्ञान बहादुर बस्नेत प्रथम हुन सफल भएका थिए । १५ वर्ष मुनिको दौडमा श्री सालिन केसी प्रथम, श्री गौरव थापा द्धितिय र श्री सन्दिप खड्का तृतयि भएका थिए । त्यस्तै गरी महिला तर्फको दौडमा श्री सिमरन खत्री प्रथम, श्री जेक्सिना क्षत्री द्धितिय र श्री शिवानी केसी तृतिय हुन सफल भएका थिए । यस कार्यक्रमको कार्यक्र संयोजक लेखनाथ जुनियर जेसीजका अध्यक्ष जु जेसी सर्वेन्द्र न्यौपाने थिए ।

JCI News Archive