लेखनाथको जनप्रकाश मा.वि.मा असल अभिभाभवकत्तव तालिम सम्पन्न

2019-12-02

लेखनाथ जेसीजले आयोजना २०७६ कात्तिक २४ देखी ३० सम्म जेसीज सप्ताह २०१९ अन्तर्गतको छैटौँ कार्यक्रम असल अभिभावकत्व तालिम पोखरा महानगरपालिका वडा नं.२९ स्थित श्री जनप्रकाश माध्यामिक विद्यालयको सभाहलमा लेखनाथ जेसीजका अध्यक्ष जेसी रोशन अधिकारीको सभाअध्यक्ष तथा पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्री चेत बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा २०७६ कात्र्तिक २९ गते शुक्रवारका दिन सम्पन्न गरियो । यस असल अभिभावकत्व तालिममा मदरल्याण्ड माविका अध्यक्ष श्री प्रेम नारायण पोख्रेलज्यूले सहजिकरण गर्नुभएको थियो । श्री जनप्रकाश माध्यामिक विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने विद्यार्थीका अभिावकहरु गरी कुल ८० जनाको उपस्थ्तिी रहेको यस कार्यक्रमको कार्यक्रम संयोजक लेखनाथ जेसीज वर्ष २०१९ का प्रकरण निर्देशक जेसी उत्तम श्रेष्ठ रहेका थिए ।

JCI News Archive