गण्डकी युवा वक्ता २०१९ को उपाधी रञ्जनालाई

2019-12-16

जेसीआई पोखरा द्धारा आयोजित गण्डकी युवा वक्ता २०१९ नेपाल टुरिजम् बोर्ड, ड्यामसाइडको सभाहलमा सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०१९ः अवसर र चुनौति विषयक वक्तित्वकला प्रतियोगितामा २७ जनाको सहभागिता रहेको थियो । जेसीआई पोखराले पहिलो पटक आयोजना गरेको सर्वाधिक पुरस्कार राशिको गण्डकी प्रदेश स्तरिय प्रतियोगिताको उपाधि पोखरा १९ पुरन्चौर निवासी रञ्जना केसीले हात पारिन । त्यस्तै पुजा लम्साल फस्ट रनर अप, सुचना शर्मा सेकेण्ड रनर अप र सिवानी के.शी.ले सान्त्वना स्थान हासिल गरे । उनिहरुले जनही क्रमशः रु. ४० हजार, रु. २५ हजार, १५ हजार र ५ हजार सहित ट्रफि, मेडल, र प्रमाणपत्र प्राप्त गरे ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सि.ले यस किसिमका कार्यक्रमले पर्यटनको नेतृत्व गर्ने युवा जमातको उत्पादन गर्ने भन्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुको निरन्तरताको कामना गरे । प्रतियोगिताको निर्णायकमा नाटा पोखराका अध्यक्ष सन्तोष पोखरेल, नेपाल टुरिजम् बोर्डका प्रवन्धक सुर्य थपलिया, महिला पर्यटन व्यवसायी लक्की क्षेत्री, हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, , उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन संयोजक जुद्ध गुरुङ, प्राध्यापक तथा पत्रकार दिपेन्द्र पहारी रहेका थिए । कार्यक्रमलाई रेडियो सफलता १०३.४ मेगाहर्ज, पोखरा एचडि टिभि र नमस्ते ब्रोडकाटिङ युट्युव च्यानल बाट लाइभ गरिएको थियो ।

प्रतियोगिताको मुख्य प्रायोजक स्मार्ट फुड एण्ड स्न्याक्स प्रा.लि. को एबिसि नुडल्स्, सह प्रायोजक बगेडी इन्टरप्राइजेज, बैंकिङ पार्टनर एन आइसि एसिया, एजुकेशन पार्टनर नेप्कम्स् सर्भिसेज लगायत रहेका थिए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, नेपाल टुरिजम् बोर्ड पोखरा र उच्च माध्यमिक विद्यालय शिक्षक युनियनको सहकार्यमा सम्पन्न प्रतियोगितामा स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी प्रकाश घिमिरे र सञ्चालन महासचिव जेसी शक्ति वरुवालले गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्देश्यका साथ आयोजित प्रतियोगिता जेसीआई पोखरा २०१९ का अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा भएको थियो ।


JCI News Archive