नेपालगंज जेसीजकाे प्रथम कार्यक्रम, ककस

2020-02-05

ककस

Date : 21st January 2020

नेपालगंज जेसीजको आयोजनामा २०७६ माघ ११ गते हुन गई रहेको नेपालगंज उद्योग वाणिज्य संघ निर्वाचनलाई स्वच्छ बनाउन, आचारसंहिताको पालना, मतदाता सचेतनामा केन्द्रित हुदै नेपालगंज उद्योग वाणिज्य संघका पदाधिकारी उम्मेदवारहरुको व्यवसायीक तथा व्यवसायी प्रतिको जवाफदेहिता सुनिश्चित गर्न अध्यक्ष पदका उम्मेदवारहरु विचमा “तपाईलाई भोट किन ?” भन्ने प्रकरणका साथ अन्तरक्रियात्मक “ककस कार्यक्रम” मा उम्मेदवार संग प्रत्यक्ष सवालमा समावेशी प्यानल बाट अब्दुल वाहिम मन्सुरि ( चुन्ना ) र साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहबाट ललितकुमार रौनियार रहनु भएकाे थियाे । तथापी अन्तिम समयमा समावेशी प्यानलकाे उपस्थिति हुन सकेन ।

नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्ज्वल कुमार श्रेष्ठकाे सभापतित्वमा सम्पन्न “ककस कार्यक्रम” का सम्योजक जेसी प्रकाश कुवर र ककस कार्यक्रमको सन्चालन नेपाल जेसिज का पुर्ब राष्टिय अध्यक्ष जेसीअाइ सिनेटर रबिन्द्र कर्ण एवं जेसीअाइ सिनेटर हेमन्त कर्माचार्य ज्यु हरुले सन्चालन गर्नु भएको थियो।

JCI News Archive