शहीद दिवसमा दिप प्रज्वलन कार्यक्रम

2020-02-05

नेपालगंज जेसीजले शहिद दिवशका अवसरमा नेपालगंजकाे सेतु बिक चाेकमा दिप प्रज्वलन गरेकाे छ । नेपालगंज जेसीजकाे आयोजनामा नेपालगन्जको सेतु बिक चोकमा बिहिबार साँझ दिप प्रज्वलन भएको हो । नेपालकै पहिलो सहिद लखन थापा देखि २००७ सालको आन्दोलनका सहिद दशरथ चन्द, धर्माभक्त माथेमा, गङालाल श्रेष्ठ ,शुक्रराज शास्त्री साथै २०४६/४७ मा आफ्नो जिवनको आहुती दिने सम्पुर्ण वीर सहिदहरु हुँदै २०७०/७२ को आन्दोलनका सहिदहरु लगायत सम्पुर्ण ज्ञात अज्ञात सहिदहरु प्रती हार्दिक श्रदा शुमन अर्पन गर्दै  सहिदको सम्झनामा १ मिनेट मौन धारण समेत गरिएको थियो ।

कार्यक्रममा जिल्लाका नागरिक समाज, सामाजिक संघ संस्था लगायत सर्वसाधारणको पनि सहभागिता रहेको थियो । 

कार्यक्रम संयाेजक जेसी अादित्य गुप्ताका अनुसार कार्यक्रममा १०० जना भन्दा धेरैकाे उपस्थिति रहेकाे थियाे ।

JCI News Archive