लमही जेसीजको 20 औ पद हस्तान्तरण कार्यक्रम

2020-02-06

२० औँ पद हस्तान्तरण एवं पुरस्कार वितरण कार्यक्रम
प्रतिवेदन–२०७६

          मिति २०७६ माघ ४ गते शनिबार लमही जेसीज वर्ष २०२० को २०औँ पद हस्तान्तरण एक भव्य समारोहका बिच सम्पन्न भएको छ । लमही जेसीज वर्ष २०१९ का अध्यक्ष जेसी शिव शंकर गुप्ताको अध्यक्षता एवं लमही नगरपालिकाका नगर प्रमुख कुल बहादुर के.सी.को प्रमुख आतिथ्यता, लमही नगरपालिकाका नगर उप प्रमुख देवका वेल्वासे, नेपाल जेसीजका राष्ट्रिय पुर्व अध्यक्ष सिनेटर श्रीधर वस्याल, नेपाल जेसीजका कानुनी सल्लाहकार, सिनेटर राजेन्द्र घिमिरे र एकोराब का प्रदेश नं ५ का अध्यक्ष एवं रेडियो हाइवे का प्रबन्ध निर्देशक के.पि.घिमिरे को विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो । उक्त कार्यक्रममा लमही नगरपालिका क्षेत्रका विभिन्न सामाजिक संघ संस्था, राजनैतिक दल, बुद्धिजीवी, शिक्षाप्रेमि, मातृशाखा त्रिभुवन नगर जेसीजका अध्यक्ष एवं पदाधिकारी, दाङ महिला जेसीजका अध्यक्ष एवं पदाधिकारी, तुलसीपुर नगर जेसीजका अध्यक्ष एवं पदाधिकारी, नेपालगञ्ज जेसीजका अध्यक्ष एवं पदाधिकारी, सल्यान जेसीजका अध्यक्ष एवं पदाधिकारीको उल्लेखनीय सहभागी भएको थियो । साथै उहाँहरुले २०१९ को कार्यसमितिलाई धन्यवाद तथा नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रोजेक्ट ः नव निर्मित भवन उद्घाटन तथा २० औँ पद हस्तान्तरण एव. पुरस्कार वितरण समारोह
स्थान ः लमही जेसीजको सचिवालय, लमही देउखुरी, दाङ
अध्यक्षता ः जेसी शिव शंकर गुप्ता (अध्यक्ष वर्ष २०१९)
प्रमुख अतिथि ः कुल बहादुर के.सी.( लमही नगरपालिकाका नगर प्रमुख)
विशिष्ट अतिथि ः देवका वेल्वासे ( लमही नगरपालिकाका नगर उप प्रमुख)
विशिष्ट अतिथि ः सिनेटर श्रीधर वस्याल (नेपाल जेसीजका राष्ट्रिय पुर्व अध्यक्ष)
विशिष्ट अतिथि ःके.पि.घिमिरे ( एकोराब का प्रदेश नं ५ का अध्यक्ष एवं रेडियो हाइवे का प्रबन्ध निर्देशक)
कार्यक्रम संयोजक ः जेसी दुलमदास चौधरी
आस्थापाठ ः जेसी केशव दिपक शर्मा
कार्यक्रम सञ्चालक ः जेसी बसन्त न्यौपाने  र जय प्रकाश पौडेल
                            

JCI News Archive