कोरोना भाइरस सम्बन्धि सचेतना र नि:शुल्क माक्स बितरण कार्यक्रम

2020-03-09

सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको लमही जेसिजले कोरोना भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ ।
लमही जेसिजले २०७६/११/२३ गते शुक्रबार र २०७६/११/२५ गते आईतबार निशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ । दुई चरणमा गरेर लमही जेसिजले करिब पन्ध्र सय मास्क निशुल्क वितरण गरि सकेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला लमही जेसिजले यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहका लागि संदेश समेत दिएको छ ।
अघिल्लो हप्ता एक्कासि लमही बजारमा पनि मास्क पाईंन छोडे पछी सेवाग्राही अताल्लिएका थिए, बजार बाहिर देखि किनमेल गर्न आउनेहरुलाई पनि खास्सै थाहा हुदैन त्यहि भएर उनीहरुलाई सहज होला भनेर हामीले आम मानिसलाई सचेतना जगाउनु छ, राज्यको मात्र भर पर्नुभन्दा पनि सक्ने जति हामीले पनि र गर्नु पर्छ भनि लमही जेसीज ले यो अभियान चालेकाे लमही जेसिजका अध्यक्ष सपना पाण्डे पण्डितले कार्यक्रममा जानकारी गराउनुभयाे । कोरोना भाइरसले देशैभर भयाबह रुप लिदै गएको छ त्यति त्यति बजारमा अत्यावश्यक सामानको अभाव हुदै गएको छ ।


JCI News Archive