कोरोना विरुद्धको लडाईमा एकजुट हुन बुटवल जेसीजका अध्यक्षको अपिल

2020-04-03


कोरोना भाईरसले निम्ताएको रोग कोभिड १९ ले यतिवेला विश्वभर महामारिको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको कुरा हामी सवैलाई सर्वविधितै छ । सर्व प्रथम संकटको यो घडिमा कोरोना भाइरसको सक्रमण रोकथामका लागि स्थानिय सरकार तथा प्रदेश सरकारसंग सहकार्य गर्न बुटवल जेसीज प्रतिवद्ध रहेको जानकारी गराउँदछु । साथै सरकारलाई स्वंसेवकको आवश्यता परेको खण्डमा बुटवल जेसीजका युवाहरु तम्तयार रहेको ब्यवहोरा अवगत गराउँदछु । साथै संकटको यो क्षणमा आरोप प्रत्यारोपमा नलागि एक भएर कोरोना विरुद्धको लडाइमा सामेल भइदिनु हुन सम्पुर्ण महानुभावहरुमा हार्दिक अपिल गर्दछु ।


लक डाउनको यो अवस्थामा बुटवल जेसीज वर्ष २०२० ले सहयोग तथा राहत वितरणका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढाउने कुरा जानकारी गराउँदछु । Sustainable Development goals ( Zero Hunger )  अन्तरगत  दिनभर काम गरेर साँझ विहान परिवार पाल्ने श्रमिक दाजुभाईहरुलाई शिघ्र राहत कार्यक्रम ल्याउन लागिएको छ । ति कार्यक्रमहरु सम्बन्धित निकायको समन्वयमा गरिने छ । कुन ठाउँमा कस्तो सहयोग गर्ने यो विषयमा हाम्रा साथिहरुले अध्ययन गरिहनु भएको छ । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो यो भनाईलाई शिरोधार्य गर्दै सहयोग तथा राहत वितरणलाई तिव्रता दिने बुटवल जेसीज वर्ष २०२० को योजना रहेको जानकारी गराउँदछु ।


यसको साथै सामाजिक सञ्जालमा फैलिएका भ्रमपुर्ण कुराहरुले आम नागरिकमा डर र त्रास उत्पन्न गरेको हुदाँ सरकारले दैनिक रुपमा कोरोना भाईरस सम्बन्धी आधिकारीक जानकारी दिने वातावरण बनाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नुहुन अनुरोध गर्दछु । अहिले विभिन्न नाकाबाट नेपाल भित्रिनेको भीड लागेका खबरहरु सार्वजनिक भइरहेका छन ्। उनीहरुको पर्याप्त परीक्षण भइरहेका छन् वा छैनन् भन्ने विषयमा पनि अन्योल छ । जसले मानिसमा संक्रमण फैलिने हो कि भन्ने डर बढेको छ । यस्ता विषयमा आधिकारिक तथ्यांक र कामकारबाहीको यथार्थ जानकारी सार्वजनिक गर्नु सरकारी निकायको दायित्व हो भन्ने हाम्रो ठहर छ । 


आदरणिय महानुभाव,
अनावश्यक हल्लाको पछाडि नलागि कोरानाबाट बच्न सरकारले गरेको नियम र चिकित्सकको सल्लाहलाई हामीले ब्यवहारिक रुपमा लागु गर्नु पर्छ । हामी सवैले मिलेर सतर्कता अपनायौं भने कोरोना विरुद्धको लडाई हाम्रो पक्षमा हुन सक्छ तर सरकारले लागु गरेको नियम र अनुरोधलाइ वेवास्था गरेको खण्डमा स्थिती हाम्रो नियन्त्रण भन्दा बाहिर जान सक्ने देखिन्छ । यसर्थ डर र त्रास भन्दा पनि सर्तकतामा बढि ध्यान दिनुहुनु बुटवल जेसीज परिवार विनम्र अनुरोध गर्दछ ।
धन्यवाद । जय जेसीज ।
जेसी राजिव गौतम
अध्यक्ष बुटवल जेसीज २०२० 

JCI News Archive