जन्मदिनको अवसरमा शैक्षिक समाग्री

2020-04-03

अर्जुनधारा, चैत गते  अर्जुनधारा जेसिजकी सचिव विमला भट्टराईले आफ्नो जन्मदिन फरक तरिकाले मनाएकी छिन् । पछिल्लो समय केक काटेर जन्मदिन मनाउनेहरुको भिडमा विमलाले एक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मदिन मनाएकी हुन् ।
पश्चीमा संस्कृतिको नक्कल नगरी भट्टरार्ईले आफ्नो जन्मदिनमा अर्जुनधारा नगरपालिका वडा नं. १० कालिस्थानमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयका विद्यार्थीलार्ई कपी, कलम, सिसाकलम, ईरेजर, साप्नर लगायतका सात हजार मूल्य बराबरको शैक्षिक सामाग्री वितरण गरेकी थिईन । आगामी चैत ६ गते पर्ने आफ्नो जन्मदिनको अवसर पारेर उनले चैत २ गते नै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी हुन् । जन्म दिनमा हजार्रौं रुपैँया मादकपदार्थमा खर्चिनेहरुलाई पनि सामाजिक कार्यमा मन जाओस् र जेहेन्दार विद्यार्थीलाई हौसला मिलोस् भन्ने उद्देश्यका साथ आफुले यो कार्य गरेको उनको भनाई छ ।
भट्टराई विगत केही वर्ष यता विभिन्न संघ सस्थामा आवद्व रहि सकृय रुपमा सामाजिक कार्य गरिरहेकी छिन् । जन्मदिन मनाउने थुप्रै तरिका भए पनि यो कार्य उदाहरणीय रहेको छ । सिंहवाहिनी आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा अर्जुनधारा जेसीजका अध्यक्ष भाष्कर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुनधारा वडा नः १० का अध्यक्ष वलदेव गोम्देनको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रम महासचिव वसन्त बुढाथोकीले सञ्चालन गरेका थिए ।


JCI News Archive