अर्जुनधारा जेसीजद्वारा मिडया हाउसलाई सेनिटाइजर र साबुन

2020-04-03

अर्जुनधारा, चैत गते    नगरका जनतालाई अझ सचेत गराइदिन आग्रह गर्दै अर्जुनधारा जेसीज झापाले नगरमा रहेका मिडिया हाउसलाई हेन्डस् सेनिटाइजर र साबुन वितरण गरेको छ ।

जेसीजका अध्यक्ष भास्कर भट्टाराईले महामारी आफैँमा खतरा बन्दै गएकोमा मिडिया हाउसमार्फत जनचेतना छर्न बल पुग्छ भन्ने उद्देश्यले नगरमा स्थापित मिडिया हाउसमा पुगेर कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि हात धुने साबुन र हेन्डस् सेनिटाइजर वितरण गरिएको बताए ।

जेसीजका महासचिव वसन्त बुढाथोकीका अनुसार यलम्बर टाइम्स साप्ताहिक, मेरो रेडियो र न्युज सन्जाल डटकमलाई उक्त सामग्री वितरण गरिएको छ ।

JCI News Archive