गाउँ टाेलमा जेसिज चेतना छर्दै

2020-04-03

अर्जुनधारा, चैत १० गते अर्जुनधारा/ काेराेना भाईरस बाट सचेत रहन अर्जुनधारा जेसिजले वडानम्वर ७ काे रमाईलाेबस्तीमा साेमवार कार्यक्रमकाे अायाेजना गरेकाे थीयाे । बाल जेसिज दिपज्वल राईकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि जेसिज अध्यक्ष भास्कर भट्टाराईले काेराेनाकाे बिषयमा र बच्ने उपायबारे जानकारी दिएका थिए । अर्का अतिथि पत्रकार महाँसघ सदस्य गणेश थापाले हातधुने तरिका बारे जानकारी गराएका थिए। ४० भन्दा बढी वालवालिका रहेकाे कार्यक्रमकाे सहजीकरण वर्ष १५ का अध्यक्ष दिपीन राईले गरेका थिए ।


JCI News Archive