समाजसेवी अमात्यको सहयोगमा जेसिजद्वारा एम्बुलेन्स चालकहरुलाई ‘पिपिई

2020-04-06

नुवाकोटकी समाजसेवी नेतृ गीता अमात्यको ब्यक्तिगत सहयोगमा नुवाकोट जेसिजले कोरोना संक्रमण रोकथाम र उपचारका लागि खटिनुपर्ने एम्बुलेन्स चालकहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएको छ । आईतबार नुवाकोट जेसिजका अध्यक्ष श्रीकृष्ण आचार्यले एम्बुलेन्स चालकहरुका लागि उपलब्ध गराईएको १० थान पिपिई स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेलाई हस्तान्तरण गरे । त्यसक्रममा स्वास्थ्य कार्यालय प्रमुख घिमिरेले कोरोना संक्रमण रोकथाम अभियानका महत्वपूर्ण अंगको रुपमा लिईने एम्बुलेन्स चालकहरुको मनोबल उच्च राखि कार्यस्थलमा खटाउन जेसिजको सहयोगले महत्वपूर्ण अर्थ राख्ने धारणा ब्यक्त गरेका थिए । जेसिजले उपलब्ध गराएको पिपिई कोरोनाका शंकास्पद बिरामीहरु भेटिएमा उनीहरुलाई अस्पतालसम्म ल्याउनु परेको अवस्थामा एम्बुलेन्स चालकहरुलाई उपलब्ध गराईने स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन जनार्दन सिलवालले जानकारी दिएका छन् ।



JCI News Archive