बुटवल लेडी जेसीज द्वारा विपन्न परिवारलाई राहत वितरण

2020-04-06

मिती२०७६/१२/२४ गते
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल पनि आज Lock Down को १४औं दिनमा पुगिसकेको छ। यो जटिल र महामारीको समयलाइ मध्यनजर गर्दै तिलोत्तमा नगरपालिका वडा नं २ एकता टोल बिकास समिति र माझगाउँ टोल बिकास समितिका दैनिक मजदुरी गरेर खाने बिपन्न वर्गका २० परिवार लाई यो समयमा दैनिक छाक टार्न गाह्रो नहोस भन्ने हेतुले " मानवताको सेवा नै जिवनको सर्बोत्तम कार्य हो " भन्ने जेसिजको मुल मन्त्रलाई आत्मसाथ गर्दै बुटवल महिला जेसिजले आज चैत्र २४ गते खाद्यान्न सामाग्री (राहत)वितरण कार्यक्रम सम्पन्न गरेको छ।साथै बुटवल महिला जेसिजले दुर्गादत्त क्याम्पसको क्वारेन्टाइनमा बस्नुभएकी एक जना सुत्केरी महिलालाई राहत स्वरुप हर्लिक्सका साथै अन्य स्वास्थ्य सामाग्री बितरण गरेको छ। त्यसैगरी बुटवल महिला जेसिजले योगिकूटी प्रहरी बिटका प्रहरीहरुलाई समेत स्वास्थ्य सामाग्री(सेनिटाइजर,साबुन)वितरण गरेको छ ।
बुटवल महिला जेसीस वर्ष २०२०की अध्यक्ष "जेसी कल्पना पाण्डे" ज्यूको नेतृत्वमा गर्न लागिएको यो अभियानमा आज राहत वितरण कार्यक्रमलाई सफल पार्न सहभागिता जनाउनुभएका बुटवल महिला जेसीस २०२०का अध्यक्ष सल्लाहकार एवं पूर्व अध्यक्ष सिनेटर मञ्जु पराजुली ज्यू एवं सदस्य वृद्धि संयोजक तथा आजको यस कार्यक्रमको संचालक जेसी महिमा कुँवर ज्यूलाई बिशेष धन्यवाद दिंदै स्वतस्फूर्त रूपमा आफुसक्दो रकम सहयोग गर्नुहुने बुटवल महिला जेसिजका धरोहर आदरणीय संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष ज्युहरु ,प्रमुख सल्लाहकार ज्यू, सल्लाहकार ज्यूहरु, आजिबन सदस्य ज्यू, बोर्डका पदाधिकारी ज्युहरु , जेसिज सदस्य ज्युहरु र जेसिज अभियानमा जोडिनुभएका सम्पूर्ण महानुभाबप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं ।
आजको कार्यक्रममा प्रमुख अतिथि को रुपमा सहभागी हुनुभएका वडा नं २का वडा अध्यक्ष दधिराम गौतम ज्यू, सो क्षेत्रका जनप्रतिनिधि ज्युहरु ,एकता टोल बिकास समितिका अध्यक्ष सुरेन्द्र बन्जाडे ज्यू, सदस्यहरु माया चापागाईं, धनीराज आचार्य ज्यू , समाजसेवी ब्यक्तित्वहरु , राहत वितरणका लागि लक्षित बर्गको पहिचान र वितरण ब्यबस्थापनका लागि महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने टोल विकास समितिका प्रतिनिधि ज्यूहरु, यो जटिल परिस्थितिको कारण उपस्थित हुन नसकेपनी आफ्नो अमूल्य राय र हौसला दिइ सहयोग गर्नुभएका बोर्डका पदाधिकारी ज्यूहरु,फेसबुकको माध्यमबाट समेत कार्यक्रमलाई प्रत्यक्ष अवलोकन गर्नुहुने सम्पुर्ण जेसिज तथा नन जेसिज महानुभावहरु एवं कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छौ।
हजुरहरुको साथ, सहयोग र हौसलाले गर्दा विश्वमै भइरहेको विषम परिस्थितिको बाबजुद आजको कार्यक्रम सफल रुपमा सम्पन्न भएको हामीले महशुस गरेका छौं

JCI News Archive