नेपालगंज जेसीज द्वारा कवारेन्टाइन स्यानिटाइज

2020-04-07

 जेसिआइ नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कोरोना भाइरसको बिश्वव्यापी प्रकोप बढिरहेका बेला भारत तथा तेस्रो मुलुकबाट नेपाल आएका आशंकित व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको थियो साथै नेपालगञ्जको होटेल सामथ्र्य इनमा बनाइएको क्वारेन्टाइनमा राखिएकाहरुलाई बुधवार पुनः महेन्द्र बुहमुखि क्याम्पसमा पठाइएयो । नेपालगञ्ज उपमहानरपालिकाकी उपमयेर उमा थापामगर, वडा नं. २ का अध्यक्ष सुनिल सिंह हमाल, वडासदस्य रामकुमार बैश्य र नेपालगञ्ज जेसिज वर्ष २०२० का अध्यक्ष प्रज्वल श्रेष्ठको उपस्थितिमा होटेलमा राखिएका दशै जनाको परीक्षण रिर्पोट नेगेटिभ देखिएपछि मंगलवार साँझसम्म रहेका ५ जनालाई क्याम्पसमा स्थानान्तरण गरिएको हो। 

 नेपालगन्ज जेसिजका सदस्य सरोजकुमार चन्द तथा पुर्ब अध्यक्ष बिशाल बिक्रम बर्मा होटेललाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न मिल्ने जनाएपछि नेपालगञ्ज उपमहानगरपालिकाको समन्वयमा क्वारेन्टाइन बनाएर क्याम्पसमा राखिएकाहरुलाई गत शुक्रवार १४ गते त्यहाँ लगेर राखिएको थियो । नेपालगञ्जमै दुई स्थानमा क्वारेन्टाइन बनाइएका कारण काममा अपठ्यारो भएकाले होटेलमा भएकालाई क्याम्पसमै सारियो र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा त्यहाँबाट स्थानान्तरण गरि पुरै होटेललाई स्यानिटाईज गरियो।

JCI News Archive