अनलाइन कक्षा को सुरुवात

2020-04-11

SEE को तयारीमा रहेका कक्षा दशका बिध्यार्थिलाइ सुद्दोधन जेसीजको अगुवाइमा जुम क्लाउड मिटिङ को माध्यम बाट अनलाइन कक्षाको सुरुवात गरिएको छ। सुरुमा यसबाट ३५ जना बिध्यार्थी लाभान्वित भएका छन ।नेटवर्कको पहुच पुगे पछि यसलाइ थपिदै लैजाने कुरा सुद्दोधन जेसीजका तालिम सम्योजक जेसि नवीन केसि ले जानकारी गराउनुभयो। CoViD 19 कोरोना भाइरस का कारण लकडाउन भै अन्यौलतामा  घर बसिरहेका बिध्यार्थिलाइ यो प्रकारको कक्षा सन्चालन गरिदा धेरै लाभान्वित भएको कुरा स्थानिय अभिभावक अनुप सुबेढिले बताउनु भएको छ। सुद्दोधन जेसीजले आफ्नो प्लान अफ एक्सन अन्तर्गत कार्यक्रमहरुलाई विभिन्न चार तह Bussines , community , Individual र international मा बिभाजित गरि गर्दै आएको कुरा सुद्दोधन साखा बर्ढ 2020 का अध्यक्ष जेसि चुडामणि डुम्रेले बताउनु भयो।

JCI News Archive