अर्जुनधारा जेसिजद्धारा हजार केजी चामल हस्तान्तरण

2020-04-12

अर्जुनधारा चैत २८ गते । अर्जुनधारा जेसिजले अर्जुनधारा नगरपालिकालाई रहत सामाग्री हस्तान्तरण गरेको छ । विश्व कोरोना संक्रमणको महामारीमा परिरहेको अवस्थामा नगरपालिका भित्रका विपन्न लाई उपलव्ध गराउने उद्देश्यका साथ जेसिजले नगरपालिकालाई राहहत सामाग्री हस्तान्तरण गरेको हो ।
अर्नजुनधारा गरपालिकाको कार्यालायमा आयोजित एक अाैपचारीक कार्याक्रममा नगरपालिका प्रमुख हरी कुमार रानामगरलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । अर्जुनधारा जेसिजका पुर्व अध्यक्ष जेसि अजयदेव र वर्तमान अध्यक्ष जेसि भास्ष्कर भट्टराईले संयुक्त रुपमा राहत सामाग्री हस्तान्तरण गरेका थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) संक्रमणबाट बँच्नका लागि सरकारले देश व्यापी रुपमा लकडाउन (बन्दाबनदी) घोषणा गरेका कारण विपन्न तथा मजदुर परिवारको बिहान बेलुकी हातमुख जोर्न धौधौ परिरहेको समयमा मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल उद्देश्यका साथ जेसिजले अर्जुनधारा नगरपालिकालाई रू. ४५, ५४० बराबरको ९९० हजार केजी चामल हस्ताान्तरण गरेको अर्जुनधारा जेसिजका अध्यक्ष जेसि भाष्कर भट्टराईले बताए । अर्जुनधारा जेसिजको दोस्रो चरणको कार्यक्रम अन्तर्गत विपन्न परिवारलाई राहतका लागि एकद्धार प्रणालीबाट राहत वितरणमा टेवा पुर्याउने उद्धेश्यले राहत उपलव्ध गराएको उनको भनाई छ ।
जेसिजले पहिलो चरणकोे कार्याक्रम अन्तरगत नगरपालिकामा रहेका संचारगृहलाई सेनेटाईजर, सावुन वितरणका साथमा हातधुनका लागि विभिन्न स्थानमा ट्यांकी सहित सावन हस्तान्तरण गरेको थियो ।

JCI News Archive