रक्तदान कार्यक्रम

2020-04-20

रक्तदान कार्यक्रम

दाङ, २१ चैत्र । लकडाउनको समयमा दाङमा देखिएको रगतको अभाबलाई कम गर्न दाङमा २० जनाले रक्तदान गरेका छ्न् ।

त्रिभुवननगर जेसीज घोराहीको आयोजना तथा रक्त संचार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका २०ले रक्तदान गरेको त्रिभुवननगर जेसीजका महसचिव मिनराज भाटले जानकारी दिएका छन् । लकडाउनका कारण केहि समय यता जिल्लामा देखिएको रगतको अभाबलाई कमि गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको महासचिव भाटले बताए ।

उनले रक्त सञ्चार केन्द्रलाई आवश्यक पर्दा बिगतमा पनि रक्तदानका कार्यक्रम गरेको भन्दै आगामी दिनमा जिल्लामा रगतको अभाव भए पुन गर्ने समेत बताए ।


JCI News Archive