Corana Virus awareness programme By Lamki LAdy

2020-04-23

लम्की / बिभिन्न जिल्ला बाट घरफर्केनका लागि चिसापानी सम्म पुगेका  सुदुरपश्चिमेलीहरुका लागि लम्की लेडिज जेसिजले राहात सहयोग स्वरुप पानी र चाउचाउ सहयोग गरेको छ । लम्की लेडि जेसिजका अध्यक्ष मिना स्वडारी विष्ट र निर्बतमान अध्यक्ष इशरा थापा लगायतकाले लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने मार्फत १५ पेटी पानी र १० पेटी चाउचाउ ईलाका प्रहरी कार्यालय चिसापानीलाई हस्तान्तरण गरेको बताइएको छ ।

 

मजदुरी तथा पठाईको शिलशिलामा जिल्ला र प्रदेश बाहिर रहेका सुदुरपश्चिमेलीहरु सुदुरपश्चिीमको एक मात्र प्रबेशद्धार लम्कीचुहा नगरपालिकाको वडा नम्बर ३ कर्णाली चिसापानी छोटो तथा लामोदुरीका सवारी साधनको प्रयोग गरी तथा केहि पैदलै यात्रामा दिनको सयांैको संख्यामा  प्रदेशबासि आईरहेका छन ।

 

५/७ दिनको बाटो भोकभोकै हिडेर तथा सवारी साधन प्रयोग गरी आईरहेका यात्रुलाई खाजा तथा ब्यावस्थापनमा समस्या गदै आएको छ । महामारीको रुपमा विश्वभर फैलीरहेको कोरोना भाइरसका कारण लामो समय सम्म देशमा लकलाउड रहेपछि बिभिन्न ठाउँमा रहेका प्रदेश बासि घरफर्कन थालेका छन ।


JCI News Archive