नुवाकाेट जेसीजद्वारा संकटकाे समयमा नुवाकाेट जिल्ला अस्पतालमा रक्तदान र त्यसलाई निरन्तरता प्रदान गर्ने

2020-04-28

नुवाकोटका बिरामीको लागी रक्तदातालाई प्रोत्साहन गर्दै रगत संकलनमा सक्रिय रहेका नुवाकाेट जेसीजका युवाहरुले समूह निर्माण गरेर रगत उपलब्धतालाई थप सहज बनाउन सुरु गरेका छन् । त्रिशूली अस्पताल नुवाकोटमा उपचाररत बिरामीको लागी हुने गरेको रगतको अभाव समधानको लागी सक्रिय रहेका युवाहरुले ‘ब्लड अन रिक्योस्ट–नुवाकोट’ समूह मार्फत रगतको अभावलाई सहजिकरण गर्न सुरु गरेको जनाएका छन् ।
रक्तदातालाई स्वतस्फुर्त रुपमा रगतदानको लागी प्रेरणा जगाउने र बिरामीलाई अभाव रहेको रगत सहजै उपलब्ध गराउनको लागी समूह निर्माण गरिएको नुवाकाेट जेसीजका सदस्य मच्छिन्द्रनरसिंह प्याकुरेलले जानकारी दिनुभएको छ । उहाँको अनुसार ‘ब्लड अन रिक्योस्ट–नुवाकोट’ नाममा फेसबुक पेज समेत सञ्चालनमा ल्याइएको छ ।
‘ब्लड अन रिक्योस्ट–नुवाकोट’ समूहले सबै व्यत्ति mलाई रगत समूहको पहिचान गर्न लगाउने, १८ वर्ष उमेर पूरा भएपछि प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्न प्रेरणा जगाउने, दाताको विवरण रगत समूह अनुसारले सूचीकृत गर्ने, दूर्लभ रक्तसमूहका दातालाई नियमित सम्पर्कम राख्ने लगायतका माध्यमबाट नुवाकोटका बिरामीको लागी आवश्यक पर्ने रगत सहज र सरल रुपमा उपलब्ध गराउन यसअघि देखि चलाउदै आएको अभियानलाई थप प्रभावकारी बनाउन सुरु गरिएको समूहका अभियन्ता तथा जेसिज नुवाकोटका अध्यक्ष श्रीकृष्ण आचार्यले जानकारी दिनुभएको छ ।
नुवाकोटमा त्रिशूली अस्पतालमा नेपाल रेडक्रस सोसाइटी नुवाकोट मार्फत ब्लड बैंक सञ्चालन गरेर माग अनुसारको रगत उपलब्ध गराउने लक्ष्य भएपनि नियमित रक्तदान कार्यक्रम नहुदाँ तथा दातामा रक्तदान गर्ने मनोभावनाको विकास नहुदाँ माग अनुसार रगतको ब्यवस्थापनमा चुनौती हुदै आइरहेको छ । रगतको अभावमा धेरै बिरामीले अकालमै ज्यान गुमाउने भएकाले दातालाई प्रोत्साहन गर्न रक्तदानलाई जीवन दानको रुपमा समेत लिने गरिएको छ ।
रेडक्रस नुवाकोटका सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीका अनुसार स्वस्थ्य व्यक्तिको शरीरमा हरेक तीन–तीन महिनामा रगतको नयाँ कोष विकास हुने भएकाले रगत दान गर्दा केही असर नपर्ने र रक्तदान नगरेमा त्यस रगत स्वत निष्क्रिय भएर जाने भएकाले रक्तदान कार्यक्रमलाई क्याम्पस, सहकारी सँस्था, सरकारी कार्यालय, युवा क्लब लगायतबाट सञ्चालन गर्नुपर्ने देखिएको छ ।

JCI News Archive