बुटवल लेडी जेसीजको आयोजनामा stress management and Positive attitude training सम्पन्न

2020-04-29

बुटवल लेडी जेसीजको आयोजनामा जुम अनलाइनबाट stress management and Positive attitude अर्थात "तनाव व्यवस्थापन तथा सकारात्मक दृष्टिकोण "तालिम सम्पन्न भएको छ ।
विश्वव्यापी कोरोना महामारीको भयको कारणले मानसिक रुपमा तनाव भइरहेको समयमा, तनाव व्यवस्थापन र सकारात्मक दृष्टिकोण सम्बन्धी तालिम बुटवल लेडी जेसीज ले आयोजना गरेको हो।
जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा गरिएको यस कार्यक्रममा करिव९० जनाको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि को रुपमा प्रमुख प्रशिक्षक आर्ट अफ लिभिङ का प्रमुख प्रशिक्षक "पवन नेपाल" ज्यू ले आतिथ्यता गर्नुभएको थियो ।उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी ज्यूहरु लगायत पूर्व राष्ट्रिय अध्यक्ष ज्यू हरु को गरिमामय उपस्थिति रहेको थियो ।
प्रमुख सल्लाहकार, सल्लाहकार ज्यूहरु, पूर्व अध्यक्ष ज्यू हरु ,मातृशाखा एवं बिभिन्न शाखाका पदाधिकारीहरु,एवं जेसीस सदस्यहरु को सहभागिता रहेको कार्यक्रममा पूर्व अध्यक्ष एवं प्रमुख सल्लाहकार सिनेटर राधिका पोखरेल,राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र घ का निरुपित कार्यकारिणी उपाध्यक्ष जेसी शोभा खरेल, पूर्व अध्यक्ष रुपा पाण्डे, निवर्तमान अध्यक्ष लक्ष्मी थापा, छिमेकी शाखा सिद्धार्थनगर लेडी जेसीज का अध्यक्ष जेसी तुलसा भूषाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारी ज्यूले योग,ध्यान र प्राणायाम को माध्यमबाट तनावरहित जीवन जिउन सजिलो हुने र हरपल खुशी रहन सकिने कुरा व्यक्त गर्दै शुभकामना तथा बधाई स्वरुप मन्तव्य राख्नुभएको थियो ।उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष जेसी रुपा श्रेष्ठ ज्युले जेसीस आस्था पाठ, कार्यक्रम संयोजक जेसी महिमा कुँवरको स्वागत मन्तव्य थियो भने बुटवल महिला जेसिसको कोषाध्यक्ष जेसी पुष्पा पौडेल ज्यू ले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

JCI News Archive