काठमाडौ जेसिज द्वारा दैनिक ज्यालादारी मजदुर हरु लाई सहयोग

2020-05-03

" मानबता को सेवा नै जीवन को सर्बोत्तम कार्य हो " भन्ने मुल भाब का साथ अगाडि बढिरहेको नेपाल जेसिज को अग्रणी सस्था काठमाडौ जेसिज द्वारा काठमाडौ को विभिन्न ठाउँ मा लक डाउन को कारण ले अभाव तथा समस्या मा परेका दैनिक मजदुरी गर्ने परिवार हरु लाई खाधान्न सहयोग गरेको छ । अध्यक्ष जेसि मुकुन्द दाहाल, कानुनी सल्लाहकार जेसि कैलाश श्रेष्ठ, सल्लाहकार सिनेटर ज्योति थापा लागाएत को टोलि ले काठमाडौ को रातोपुल, कालोपुल, बसुन्धारा तथा कोटेश्वर क्षेत्रमा बसोबास गर्ने अत्यन्तै समस्या मा परेका मजदुर हरु को 8 परिवार लाई चामल, दाल, चिउरा, नुन, तेल, चना लगाएत का खाधन्न सामाग्री हरु निज हरु रहेकै स्थान मा गएर बितरण गरिएको ।

JCI News Archive