काठमाडौं जेसिजद्वारा दोस्रो दिन समस्यामा परेका २६ परिवारलाई खाद्यान्न सहयोग

2020-05-09

२०७७ बैशाख २३ मङ्गलबार

लकडाउनका कारण समस्यामा परेकाहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिकी काम गरेर खाने मजदुरहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

जेसिज टोलीले आज काठमाडौंको तार्केश्वर नगरपालिका अन्तर्गत   शान्तीटोल,पैयाटार,नेपालटार,ढकालटार लगाएतका ठाउँमा निर्माण सम्बन्धि काम गर्ने र मोटरसाइकल वोर्कशोपमा काम गर्ने मजदुरहरुलाई सामग्री वितरण गरेको हो।

त्यसैगरी मैपीका अपाङहरुलाई पनि आज काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको छ ।टोलीले बालाजु,भगवानपाउ,डल्लु लगाएतका ठाउमा पनि खाद्यान्न वितरण गरेको छ ।

टोलीले आजै ताहचलमा एकल महिलाहरुलाई पनि खाद्यान्न सहयोग गरेको छ ।

आजै काठमाडौं जेसिजले नयाँबजारमा मजदुरहरुलाई पनि खाद्यान्न सहयोग गरेको छ । काठमाडौं जेसिजले आज २६ परिवारलाई खाद्यान्न सहयोग गरेको हो। त्यसअनुसार चामल,दाल,तेललगायतका सामग्री वितरण गरेको छ।

खाद्यान्न वितरणका लागि काठमाडौं जेसिजका कानुनी सल्लाहकार कैलाश श्रेष्ठ,राम्राजा ओझा ,श्याम घिमिरे,ध्रुब तिवारी लगाएतको टिम उनीहरु बसेकै ठाउँमा पुगेको हो।

सम्पर्कमा आउनु भएका दैनिक ज्याला मजदुरी गर्ने,समस्यामा परेकाहरुलाई निरन्तर सहयोग गर्ने प्रयासमा काठमाडौं जेसिज रहेको काठमाडौं जेसिज वर्ष २०२० का अध्यक्ष मुकुन्द दाहालले बताए ।

यस अघि काठमाडौको विभिन्न ठाउका १५ घर मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको थियो ।


JCI News Archive