पाचौं दिन समस्यामा परेकाहरुलाई काठमाडौं जेसिजको सहयोग जारी

2020-05-09

२६ बैशाख २०७७

लकडाउनका कारण समस्यामा परेकाहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको छ।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका घरेलु कामदार, श्रमीक, ज्यालामज्दुरी गरिखाने वर्ग, अपाङ्ग, जनाआन्दोलनका घाइते ,एकल महिला लगायतका पिडितहरुलाई काठमाडौं जेसिजले खाद्यान्न सहयोग गरेको हो ।

काठमाडौं जेसिजले आज पाटन,गोदावरी,टेकु लगायतको ठाउमा बसोबास गर्ने २४ परिवारका ९६ जनालाई खाद्यान्न वितरण गरेको छ । काठमाडौ जेसिजका समुदायिक क्षेत्र का कार्यकारी उपाध्यक्ष जेसि अनुप सुनुवारको ब्यक्तिगत सहयोगमा आज खाद्यान्न वितरण गरिएको हो ।

खाद्यान्न वितरणका लागि काठमाडौं जेसिजको टिम उनीहरु बसेकै ठाउँमा पुगेको हो।

यस अघि पनि काठमाडौं जेसिजले काठमाडौको विभिन्न ठाउका समस्यामा परेका मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेको थियो । काठमाडौं जेसिज वर्ष २०२० का अध्यक्ष जेसि मुकुन्द दाहालले यो कार्य निरन्तर भैरहने जानकारी गराउनु भयो ।


JCI News Archive