रामेछाप जेसिजद्वारा स्वास्थ्य सामग्री वितरण

2020-05-29

रामेछाप जेसिजद्वारा मन्थली नगरपालिका भित्रकाे ४ स्वास्थ्य संस्थालाई मंगलबार स्वास्थ्य सामग्री वितरण गरेकाे छ ।
मन्थली नगरपालिका वडा नम्बर २,४ र ५ काे प्राथमिक स्वास्थ्य केन्द्रमा र मन्थली ३ काे सहरी स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण गरेकाे हाे । प्राथमिक स्वास्थ्य केन्द्र कठजाेरमा  २ थान थर्मगन,  १० थान स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ) र सर्जिकल मास्क १ १५० थान,स्वास्थ्य केन्द्र सालुमा २   थान थर्मगन,   १० थान स्वास्थ्य सुरक्षा सामग्री पिपिइ र सर्जिकल मास्क १००० थान,सुनारपानि स्वास्थ्य केन्द्रमा  २ थान थर्मगन, १ ० थान स्वास्थ्य सुरक्षा सामग्री र १०० ० थान सर्जिकल मास्क वितरण गरेकाे छ भने त्यसै गरि कठजाेरकाे सहरी स्वास्थ्य केन्द्रमा    २ थान थर्मगन, १०   थान स्वास्थ्य सुरक्षा सामग्री र १०० ० थान सर्जिकल मास्क वितरण गरिएको  थियो ।उक्त सामग्री जेसिजका पदाधिकारीहरु  जेसि काेषाध्यक्ष सन्तोष खत्री , उपाध्यक्ष जेसि यादव जेसि केसि, ज्ञानु श्रेष्ठ , जेसि विमल पाैडेल र जेसि पुर्व अध्यक्ष गुणराज भट्टराई (अाकास) ले सम्बन्धित स्वास्थ्य कार्यकालयका प्रमुखलाई हस्तान्तरण  

गर्नु भएको थियो | कार्यक्रम रामेछाप जेसिजका कोषाध्यक्ष जेसि सन्तोष खत्री र उपाध्यक्ष जेसि यादब के.सिको संयोजकत्वमा सम्पन्न  गरिएको थियो |

यस अघि पनि जेसिस रामेछापले जिल्लामा विभिन्न स्वास्थ्य संस्था , पत्रकार र ट्राफिक प्रहरीलाई समेत स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो । 


JCI News Archive