जेसीआई बुटवल लेडी,जेसीआई दमक, जेसीआई नारायणगढ, जेसीआई कपन को संयुक्त आयोजनामा मिति २०७७/०२/१० देखि २०७७/०२/१७ गते सम्मको सप्ताहव्यापी अनलाइन योगा कक्षा कार्यक्रम

2020-06-01

नेपाल जेसीजका चार क्षेत्र मध्ये क्षेत्र क,ख,ग र घ का शाखाहरु क्रमशः जेसीआई दमक, जेसीआई नारायणगढ, जेसीआई कपन र जेसीआई बुटवल लेडी को संयुक्त आयोजनामा मिति २०७७/०२/१० देखि २०७७/०२/१७ गते सम्मको सप्ताहव्यापी अनलाइन योगा कक्षा कार्यक्रम सफल, सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
बन्धुत्वको भावना राखेर संयुक्त रुपमा आयोजना गरिएको उक्त कार्यक्रममा जेसीआई कपनका पूर्व अध्यक्ष एवं आदरणीय योग गुरु श्री दुर्गादेव सुवेदी ज्यू को प्रमुख प्रशिक्षण रहेको थियो भने उक्त कार्यक्रम देश तथा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरुमा पूर्वीय दर्शन, योग र प्राणायाम को माध्यमबाट उच्च मनोवल, सकारात्मक विचार एवं स्वस्थ जिवनको अभिलाषा सहित आयोजना गरिएको थियो ।
कार्यक्रममा पहिलो दिनको औपचारिक कार्यक्रममा हामीले युवा नेता पूर्व स्वास्थ्य मन्त्री माननीय गगन थापा ज्यूलाई प्रमुख अतिथि को रुपमा पाएका थियौं भने कार्यक्रम जेसीआई कपनका अध्यक्ष जेसी रुपेश भट्टराई ज्यू ले सञ्चालन गर्नुभएको थियो ।
त्यसैगरी दोस्रो दिनको औपचारिक कार्यक्रममा नेपाल युवा परिषद् का कार्यकारणी उपाध्यक्ष श्री माधव ढुंगेल ज्यूले प्रमुख अतिथि को रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जेसीआइ नारायणगढ का अध्यक्ष जेसी अनोज जोशी ज्यू ले गर्नुभएको थियो ।
तेस्रो दिनको औपचारिक कार्यक्रममा हामीले जेसीजका ढुकढुकी राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर ज्यूलाई प्रमुख अतिथि को रुपमा पाएका थियौ भने कार्यक्रमको सञ्चालन जेसी आइ बुटवल लेडीका अध्यक्ष जेसी कल्पना पाण्डे ज्युले गर्नु भएको थियो ।
त्यस्तै चौथो दिनको औपचारिक कार्यक्रममा हामीले नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारी ज्यूलाई प्रमुख अतिथि को रुपमा पाएका थियौ भने कार्यक्रमको सञ्चालन जेसीआइ दमकका अध्यक्ष जेसी कमल कटुवाल ज्यूले गर्नु भएको थियो ।
पाचौं दिनको कार्यक्रम आदरणीय अतिथि योग गुरु ललित शंकर योगी ज्यूको विशेष प्रशिक्षण मा सम्पन्न भएको थियो ।उक्त दिनको कार्यक्रम जेसीआई कपनले सञ्चालन गरेको थियो ।
त्यस्तै गरि छैठौं दिनको औपचारिक कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समिति, राष्ट्रिय सभाका सभापति माननिय पार्वती रावल ज्यूले प्रमुख अतिथि को रुपमा आतिथ्यता ग्रहण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जेसीआइ नारायणगढले गरेको थियो ।
सातौं दिनको औपचारिक कार्यक्रममा हामीले बुटवल उपमहानगरपालिकाका उपमेयर आदरणीय गोमादेवी आचार्य ज्यूलाई प्रमुख अतिथि को रुपमा पाएका थियौ भने कार्यक्रमको सञ्चालन जेसीआइ बुटवल लेडीले गरेको थियो।
आज कार्यक्रमको अन्तिम दिन अर्थात समापन कार्यक्रममा जेसीजका ढुकढुकी राष्ट्रिय अध्यक्ष सिनेटर अशोक शंकर ज्यू ले प्रमुख अतिथि को रुपमा आतिथ्यता ग्रहण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन जेसीआई दमकले गरेको थियो ।
उक्त अनलाइन योगा कक्षामा दैनिक करिब ७५ देखि १०० जना सम्मको प्रत्यक्ष सहभागिता रहने गरेको थियो भने कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी ज्यूहरु, शाखाका संस्थापक अध्यक्ष ज्यू हरु, पूर्व अध्यक्ष ज्यू हरु, विभिन्न शाखाका अध्यक्ष ज्यू हरु एवं जेसीज तथा ननजेसीज महानुभावहरु को उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय पदाधिकारी ज्यूहरु, पूर्व राष्ट्रिय अध्यक्ष ज्यूहरुले बधाइ तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जेसीआई बुटवल लेडीको तर्फबाट कार्यक्रमको संयोजन जेसी बसन्ता घिमिरे (वर्षा)ज्यूले गर्नु भएको थियो ।
हाम्रो यस सप्ताहव्यापी अनलाइन योगा कार्यक्रमलाई सफल बनाउन दैनिक रुपमा उपस्थिति जनाउनुभएको सम्पूर्ण महानुभावहरुप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता प्रकट गर्दछौँ।

JCI News Archive