जेसीआई त्रिभुवननगरद्वारा बृक्षारोपण

2020-06-05

गुलरिया क्रिकेट मैदान परिसरमा बृक्षारोपण


विश्व वातावण दिवसको अवसरमा  जेसीआई त्रिभुवननगरले बृक्षारोपण गरेको छ ।

गुलरियास्थित क्रिकेट मैदान परिसरमा वृक्षारोपण गरिएको हो । अशोक, समी र कपुरका ६० विरुवा रोपिकएको हो ।


घोराही उपमहानगर विपद् ब्यवस्थापन तथा वातावरण समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, जेसीआई नेपालका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मज्गैया,  जेसीआई त्रिभुवननगरका अध्यक्ष माधवप्रसाद पौडेल, जमुना टाेल विकास सस्थाका अध्यक्षा दुर्गा खत्रीलगायतकाे उपस्थितिमा वृक्षारोपण गरिएको महासचिव मीनराज भाटले जानकारी दिनुभयो ।


JCI News Archive