बुटवल लेडी वर्ष २०२० को तेस्रो बोर्ड बैठक जुम अनलाइनको माध्यमबाट सम्पन्न

2020-06-05

आज मिती २०७७/०२/२२गते विहीवारतदनुसार ४ जुन २०२०जेसीआई बुटवल लेडी वर्ष २०२० को तेस्रो बोर्ड बैठक जुम अनलाइनको माध्यमबाट भर्चुअल रुपमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
जेसीआई बुटवल लेडी का अध्यक्ष जेसी कल्पना पाण्डे ज्यूको अध्यक्षतामा आज सम्पन्न बोर्ड बैठक मा बिभिन्न बुँदाहरुमाथि छलफल गरि अनुमोदन गरियो।
आजको तेस्रो बोर्ड बैठकमा संस्थाका उपाध्यक्ष जेसी प्रभा गौतम ज्यूको आस्था बाचन,संस्थाका कार्यकारिणी उपाध्यक्ष जेसी संगीता ढकाल ज्यूको स्वागत मन्तव्य तथा संस्थाका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार जेसी ज्ञानधरा पन्त ज्यूको शुभकामना मन्तव्य रहेको थियो ।
आजको तेश्रो बोर्ड बैठकमा उपस्थित प्रमुख सल्लाहकार,अध्यक्ष सल्लाहकार ज्यूहरु, निवर्तमान अध्यक्ष ज्यू एवं समस्त कार्यसमिति पदाधिकारी ज्यूहरुप्रति बिशेष आभार सहित धन्यबाद प्रकट गर्दछौँ ।

JCI News Archive