सुरुङ्गा जेसजिकोे बालवालिकाहरुलाई सहयोग

2019-02-10

सुरुङ्गा÷ कनकाई नगरपालिका ४ स्थित तल्लो त्रिवेणी टोलमा रहेको कनकाई वाल विकास केन्द्रका ३२ जना वालवालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।
अधिकांस मजदुरहरुको बसोवास भएको वडा नं.४ कै विकट क्षेत्रका रुपमा मानिने यस क्षेत्रमा संचालनमा ल्याइएको वाल विकास केन्द्रमा न्यानो कपडाका साथमा शैक्षिक तथा खेलका सामाग्रीहरु वितरण गरिएको हो । सुरुङ्गा जेसीजको सहयोगमा संकलन भएका सामाग्रीहरुवाट वाल विकास केन्द्रमा रहेका वालवालिकाहरुको शैक्षिक व्यवस्थापनमा थप सहयोग पुर्याउँने उद्येश्यका साथ सामाग्री वितरण गरिएको वताइएको छ । कनकाई माइको बगरमा वसोवास गर्दै आएका त्रिवेणी टोलवासीहरुको आवश्यक्तालाई मध्यनजर गरी वडा नं. ४ र स्थानीय सिंहदेवी आधारभूत विद्यालयको सहकार्यमा यहि आर्थिक वर्षको वैशाखदेखी नै वाल विकास केन्द्रको स्थापना गरिएको कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सिंहदेवीका प्रधानाध्यापक डम्वरप्रसाद फूयालले वताएका छन् । वाल विकास केन्द्रको व्यवस्थापन पक्षलाई सिंहदेवी आधारभूत विद्यालयले नै हेर्दै आएको जानकारी गराउँदै कार्यक्रमका प्रमुख अतिथी फूयालले वालविकास केन्द्रमा खाने पानी र विजुलीको अझै पनि समस्या भएकाले सम्वन्धीत निकायको ध्यान जानु पर्नेमा जोड दिएका छन् ।
    विपन्न समुदायको वसोवास रहेको यस क्षेत्रका वालवालिकाले निजी द्यिालयको शिक्षाका लागि कल्पना नै गर्न नसक्ने भएपनि सरकारी विद्यालय सम्म पुग्नका लागि समेत २ किलो मिटर भन्दा बढीको समय खर्चिनु पर्ने भएपछि स्थानीय स्तरवाटै जनशक्ति उत्पादन गरी वाल विकास केन्द्र संचालनमा ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र खत्रीले वताएका छन् । सिमित स्रोत साधनवाट परालको छाप्रोमा सुरु गरीएको वाल विकास केन्द्रका लागि कनकाई नगरपालिका लगायत स्थानीय सामाजिक व्यक्तित्व साथै विभिन्न संघसंस्थाहरुको साथ सहयोगवाट प्राप्त हौसलाका कारण आगामी दिनमा प्राथमिक तहसम्मको विद्यालय संचालनका लागि उर्जा मिलेको विद्यालयका अध्यक्ष खत्री वताउँछन् । परालको छाप्रोमा संचालित वालविकास केन्द्रलाई व्यवस्थित वनाउँनका लागि कनकाई नगरपालिकाको पहलमा भर्खरै विद्यालय भवन निर्माण हुन लागेको वताइएको छ । विद्यालयको भवन निर्माणका लागि स्थानीय समाजसेवी गुमानसिंह वोहोराले १० धुर जग्गा निशुल्क उपलव्ध गराएका छन् ।
सामाग्री वितरण कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सुरुङ्गा जेसिजका महासचिव प्रविन तिम्सिनाले शिक्षाप्रति सचेत वनेका स्थानीय टोलवासीलाई थप सहयोग पुगोस् भन्ने उद्येश्यले शैक्षिक तथा खेल सामाग्री वितरण गरिएको वताएका छन् । मानवीय सेवामा समर्पित भएका तिम्सिनाले विद्यालयको आवश्यक्तालाई मध्यनजर गरी आगामी दिनका लागि समेत सहयोगलाई जारी राखेको वताएका छन् ।
सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भिमप्रसाद भट्टराईको सभापतित्व रहेको कार्यक्रममा संस्थाका पदाधिकारी तथा सदस्यहरु, वालविकास केन्द्रका संस्थापक, शिक्षक, अभिभावक लगायत वालवालिकाहरुको सहभागिता रहेको थियो । कनकाई नगर वडा नं.४ का कार्यवाहक वडा अध्यक्ष रोशन सुवेदी, कार्यपालिका सदस्य नवलकिशोर दत्त, वालविकास केन्द्रका संस्थापक हर्कध्वज लिम्वू लगायतले मन्तव्य राखेका थिए ।

JCI News Archive