क्षेत्र ख का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी द्वारा शुक्लागण्डकी जेसिजको शाखा भ्रमण सम्पन्न

2020-06-07

क्षेत्र ख का लागि निरुपित राष्ट्रिय उपाध्यक्ष मन्जु शाह ठकुरी द्वारा शुक्लागण्डकी जेसिजको शाखा भ्रमण हिजो शनिबार सम्पन्न छ । अन्लाईन मार्फत भएको भ्रमण शुक्लागण्डकी जेसिज बर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठको सभापतित्वमा सप्पन्न भएको थियो। कार्यक्रममा बोल्दै अध्यक्षले आफुले हालसम्म गरेका कार्यक्रम र आउँदा दिनमा गरिने कार्यक्रमहरुको जानकारी दिदै आफ्ना शाखाका सदस्यहरुको व्यावसायिक र ब्यक्तिगत सफलताका लागि तालिम अति आवश्यक रहेको हुँदा नेपाल जेसिजले उत्कृष्ट प्रशिक्षकद्वारा तालिमको ब्यबस्था गराइदिन आग्रह गरे । कार्यक्रममा शाखाका अन्य सदस्यहरुले जेसिजमा आफ्नो अनुभव र  शाखाका समस्याहरु दर्शाइ शाखा भ्रमणमा रहनुभएकी निरुपित राष्ट्रिय उपाध्यक्ष ज्युलाइ उक्त समस्याहरु नेपाल जेसिजसम्म जस्ताको तस्तै पुर्याउनको लागि पहल गरिदिनुहुन अनुरोध गरे । कार्यक्रमको प्रमुख अतिथि शाहले आफुले गरेको शुक्लागण्डकि जेसिज शाखाको भ्रमण अत्यन्तै फलदायी र प्रभावकारी रहेको बताउदै शाखाबाट आएका सम्पुर्ण गुनासा र आग्रह नेपाल जेसिजसम्म पुर्याउने वचन बद्द्ता व्यक्त गर्दै अहिले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि बिकराल रुप लिन लागेको हुँदा सबैलाई सजग र सचेत रहि जेसि साथीहरूलाई यो बेलामा दुख पिडामा रहेकाहरुलाइ खुल्ला हृदयले सहयोग गरि जेसिजको असल पहिचान आ आफ्नो ठाउँमा राख्न आग्रह गर्नुभयो।

JCI News Archive