Know Your Computer Program

2020-06-08

२०७७ साल जेष्ठ महिनाको २४ गते शनिवारका दिन जेसीआई हेटौडा वर्ष २०२० का शाखा अध्यक्ष जेसी राजदेव बानिया ज्यूको सभाध्यक्षतामा संचालन भएको Know Your Computer कार्यक्रममा कम्प्यूटर इन्जिनियर ई. राजकुमार सापकोटा ज्यूले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा जेसिआई हटौडाका पुर्व अध्यक्ष जेसी गणेश कुमार श्रेष्ठ, अध्यक्ष सल्लाहाकार कृष्णराम न्यौपाने हेटौडा जेसीजले मातृत्व प्रदान गरेको शाखा जेसिआई हेटौडा लेडीका अध्यक्ष जेसी शुशिला पौडेल ज्यू, पुर्व अध्यक्ष जेसी रश्मी वस्नेत ज्यू, जेसीआई शारदानगरका अध्यक्ष, जेसीआई बसामाडीका अध्यक्ष जेसी ववेक वजगाई ज्यू, जेसी प्रमिसा काफ्ले ज्यू लगाएत छिमेकी शाखाका पदाधिकारी एवं सदस्य ज्यूहरु गरि ३५ जनाको सहभागिता रहेको थियो ।

सूचनार प्रविधिको यूगमा धेरै भन्दा धरै व्यक्तिहरुको दैनिक कार्यको साधन कम्प्यूटर वनेको छ तर पनि कतिपयलाई कम्प्यूटरको ज्ञान कम भएर कार्यमा वाधा अडचन सहनु परेकोमा यस्ता कार्यक्रमले सहभागिहरुलाई केही हत सम्म सहजिकरण गर्नेछ भनि आयोजना गरिएको थियो । त्यसै अनुरुप कार्यक्रममा सहजकर्ताले सहभागि सदस्य ज्यूहरुलाई दैनिक जिवनमा कम्प्यूटर प्रयोग गर्दा आई पर्ने समस्या एवं त्यसको निकारण गर्ने सरल उपायहरुको जानकारी दिनुभएको थियो । उत्साजनक रुपमा संचालन भएको कार्यक्रम जेसिआई हेटौडाको महासचिव जेसि विश्व प्रसाद गौतम ज्यूले संचालन गर्नु भएको थियो भने जेसी बिजय श्रेष्ठ ज्यूले संयोजन गर्नु भएको थियो ।


JCI News Archive