सुरुङ्गा जेसिजले वौद्धिक अपाङ्गता भएका वाललालिकालाई टिभी र खाद्यान्न सामाग्री वितरण ग¥यो ।

2019-02-10

कनकाई नगर वडा नं.३ स्थित पुकार अपाङ्ग सरोकार समाजका असक्त वालवालिकालाई एक कार्यक्रमका विच खाद्य सामाग्रीका साथमा एक थान टिभी हस्तान्तरण गरिएको छ । सुरुङ्गा जेसीजको अगुवाईमा नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखा, सुरुङ्गा सहकार्य युवा क्लव र न्यु रेलीमाई युवा क्लवसहितको संयुक्त प्रयासमा संकलन भएको आर्थिक सहयोगवाट सामाग्री वितरण गरिएको वताइएको छ ।
  शारिरीक रुपमा अशक्त भएका आजका वालवालिकाहरु भविष्यका राज्यका सम्पती भएकाले यस्ता वालवालिकाको शिक्षा, स्वास्थ्य, खानपान लगायत अन्य विविध पक्षमा सरकारको मुख नहेरीकन सामाजिक संघसंस्थाहरुवाट भएको सहयोग महत्वपूर्ण भएको भन्दै सहभागिहरुले प्रशंसा गरेका थिए । असक्त वालवालिकाहरुको आवश्यक्तालाई मध्यनजर गरेर रेडक्रस सुरुङ्गाका सभापति एवं सुरुङ्गा जेसीजका महासचिव प्रविन तिम्सिनाले एक थान टिभी सहयोग गरेका थिए भने लेडी जेसीज सुरुङ्गा र अन्य सहभागी संस्थाहरुले खाद्यसामाग्री लगायत वालवालिकाहरुका लागि डाइफर र सेनेटरी प्याड वितरण गरेका थिए । कार्यक्रममा सहभागी कनकाई माविका सहायक प्रधानाध्यापक चन्द्रप्रसाद शिवाकोटीले स्वतःस्फूर्त रुपमा वालवालिकाहरुका लागि नगद एक हजार पाँचसय सहयोग रकम हस्तान्तरण गरेका थिए ।
  सुरुङ्गा जेसीजका अध्यक्ष कमल कट्टेलको सभापतित्व एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं.१ का सदस्य साथै सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष समेत रहेका सामाजिक व्यक्तित्व कुमारमणि पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा स्थानीय सरकारले आफ्नो वार्षिक वजेटमा समेत अशक्त भएका व्यक्ति एवम् समुदायका लागि रकम विनियोजन गर्न माग गरिएको छ ।
    सुरुङ्गा जेसीजका निवर्तमान अध्यक्ष भीमप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रममा सहयोगी चारवटै संस्थाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । कनकाई मावि व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेती, सहायक प्रधानाध्यापक चन्द्रप्रसाद शिवाकोटी, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, नेपाल पूर्व प्रहरी संगठन झापाका अध्यक्ष खेमराज कार्की, पुकार अपाङ्ग सरोकार समाजकी संचालिका निर्मला ओझा, न्यु रेलीमाई युवा क्लवका अध्यक्ष एवम् सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष मोतीखर ओझा लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन रेडक्रस सुरुङ्गाका सभापति प्रविन तिम्सिनाले गरेका थिए ।            

JCI News Archive